बिहीबार , असार ५ गते २०८२ Jun 19 2025 Thursday
images
images

सहकारी प्रकरण

रविको पक्ष–विपक्षमा १३ जना वकिल बहसमा, २ घण्टाभित्रै सक्न निर्देशन


  • 685
    SHARES
  • https://indrenipost.com/posts/8044
    पुष २९, २०८१ सोमबार
    रविको पक्ष–विपक्षमा १३ जना वकिल बहसमा, २ घण्टाभित्रै सक्न निर्देशन

    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेको थुनछेक बहस जारी छ । 

    आज (सोमबार) बिहान ११ः०० बजेदेखि बहस सुरु भएको हो । 

    हिजो (आइतबार) बयान लिएका न्यायाधीश माधवप्रसाद अधिकारीको इजलासमा आज पनि बहस हुँदैछ । 

    रविको विपक्षमा जिल्ला सरकारी वकिल कार्यालयका ११ जना वकिलले बहस गर्दैछन् भने उनको पक्षमा दुई जना वकिलले बहस गर्दैछन् । 

    बहसका लागि रवि पक्ष र विपक्षका वकिलहरूलाई १÷१ घण्टा समय उपलब्ध गराइएको छ । 

    काठमाडौंको कालीमाटीस्थित स्वर्णलक्ष्मी सहकारीको बचत अपचलन गरेको अभियोगमा रविविरुद्ध अभियोजन दायर भएको छ ।  

    images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij