बिहीबार , असार ५ गते २०८२ Jun 19 2025 Thursday
images
images

समाजवादी मोर्चा

समाजवादी मोर्चा सक्रिय बनाउँदै प्रचण्ड–माधव


  • 262
    SHARES
  • https://indrenipost.com/posts/8047
    पुष २९, २०८१ सोमबार
    समाजवादी मोर्चा सक्रिय बनाउँदै प्रचण्ड–माधव

    काठमाडौं । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको समाजवादी मोर्चालाई पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपालले सक्रिय बनाउने भएका छन् । 

    नेकपा (माओवादी केन्द्र) मार्चामा क्रियाशिल नभएपछि लामो समयदेखि निष्क्रिय मोर्चालाई प्रचण्ड–माधवले पुनः सक्रिय बनाउने भएका हुन् । 

    प्रचण्डले सत्ता सम्हालेको केही महिनापछि बनेको समाजवादी मोर्चामा माओवादी केन्द्र, एकीकृत समाजवादी, नेपाल समाजवादी पार्टी नेपाल कम्युनिष्ट पार्टी र जनता समाजवादी पार्टी नेपाललगायतका दलहरू संलग्न थिए । 

    तर, केही समययता जसपा मोर्चामा संलग्न छैन । अहिले तीन दल संलग्न छन् । उनीहरूले पुनः मोर्चालाई सक्रिय बनाउने तयारी गरेका छन् । 

    त्यसका लागि मोर्चाको कार्यदलको बैठक बस्न लागेको छ । बैठक भोलि दिउँसो ३ बजे बस्ने कार्यदलका सदस्य एवं नेपाल समाजवादी पार्टीका सहअध्यक्ष गंगानारायण श्रेष्ठले जानकारी दिए ।  

    images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij