बिहीबार , असार ५ गते २०८२ Jun 19 2025 Thursday
images
images

सहकारी ठगी प्रकरण

रविलाई थुनामा पठाउने वा मुक्त गर्नेबारे थुनछेक बहस हुँदै


  • 847
    SHARES
  • https://indrenipost.com/posts/8053
    माघ २, २०८१ बुधबार
    रविलाई थुनामा पठाउने वा मुक्त गर्नेबारे थुनछेक बहस हुँदै

    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेको थुनछेक बहस आज (बुधबार) पनि हुने भएको छ । आइतबार बयान सकिएसँगै सोमबादेखि थुनछेक बहस जारी छ । 

    काठमाडौंको कालीमाटीस्थित स्वर्णलक्ष्मी सहकारी संस्थाको बचत अपचलन प्रकरणमा मुछिएका रविलाई थुनछेक बहसका लागि प्रहरीले जिल्ला अदालतमा उपस्थित गराएको छ ।

    सहकारीको बचत अपचलनमा रविविरुद्ध अभियोगपत्र दायर भएको छ । उक्त अभियोजनको बयानका लागि उनी आफै आइतबार काठमाडौं जिल्ला अदालतमा हाजिर भएका थिए ।

    बयान आइतबार सकिए पनि थुनछेक बहस सोमबारबाट सुरु भएको थियो । सोमबार बहस नसकिएपछि रविलाई न्यायाधीश माधवप्रसाद अधिकारीले हिरासत पठाउने आदेश दिएका थिए । न्यायाधीश अधिकारीले सोमबारको आदेशलाई नै निरन्तरता दिँदै बुधबारबाट फेरि निरन्तर सुनुवाइ गर्ने भएका छन् । 

    रवि लामिछानेलाई भद्रकालीस्थित काठमाडौं प्रहरी परिसरको हिरासतमा राखिएको थियो ।

    images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij