बिहीबार , असार ५ गते २०८२ Jun 19 2025 Thursday
images
images

विपक्षी दलहरू

संसद् अधिवेशन आह्वानका लागि दबाब दिने विपक्षी दलहरूको निर्णय


  • 973
    SHARES
  • https://indrenipost.com/posts/8054
    माघ २, २०८१ बुधबार
    संसद् अधिवेशन आह्वानका लागि दबाब दिने विपक्षी दलहरूको निर्णय

    काठमाडौं । प्रतिपक्षी दलहरूले संसद्को हिउँदे अधिवेशन आह्वानका लागि दबाब दिने निर्णय गरेका छन् । उनीहरूले सरकारले नियमित अधिवेशन आह्वान नगरे विशेष अधिवेशन आह्वानका लागि दबाब दिने निर्णयसमेत गरेका हुन् । 

    प्रमुख प्रतिपक्षी नेकपा (माओवादी केन्द्र)को संसदीय दलको कार्यालय सिंहदरबारमा आज (बुधबार) बिहान बसेको दलहरूको बैठकले संयुक्त वक्तव्य निकालेर दबाब दिने निर्णय गरेका छन् । सरकारले नियमित अधिवेशन आह्वान नगरे विशेष अधिवेशन मागको तयारी गर्ने निर्णयसमेत गरेको बैठकको समापन पश्चात् माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुनले जानकारी दिए ।

    बैठकले सदन छलेर अध्यादेश ल्याउनु गलत भएको उनीहरूको निष्कर्ष छ । माओवादी केन्द्र, एकीकृत समाजवादी, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा), आम जनता पार्टी (आजपा), नेपाल समाजवादी पार्टी (नेसपा)का शीर्ष नेताहरू बैठकमा उपस्थित थिए । 

    images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij