बिहीबार , असार ५ गते २०८२ Jun 19 2025 Thursday
images
images

पुनः सक्रियता

समाजवादी मोर्चा ब्युँताउने प्रयासमा प्रचण्ड–माधव


  • 532
    SHARES
  • https://indrenipost.com/posts/8059
    माघ २, २०८१ बुधबार
    समाजवादी मोर्चा ब्युँताउने प्रयासमा प्रचण्ड–माधव

    काठमाडौं । समाजवादी मोर्चाको बैठक आलोकनगरमा बसेको छ । 

    नेकपा (एकीकृत समाजवादी)को केन्द्रीय कार्यालय आलोकनगरमा मोर्चाको बैठक बसेको हो । 

    संघीय संसद्भित्र र बाहिरका रहेका ४ वाममपन्थी घटकले पुनः समाजवादी मोर्चालाई ब्युँताउन बैठक आह्वान गरेका हुन् । 

    बैठकमा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’, नेपाल समाजवादी पार्टीका अध्यक्ष महेन्द्रराय यादवलगायतको उपस्थिति रहेको छ ।

    हिजो (मंगलबार) बसेको समाजवादी मोर्चाको कार्यदलले विभिन्न कार्यक्रम गर्ने निष्कर्ष निकालेको थियो । त्यसैलाई आजको बैठकले अनुमोदन गर्ने जनाइएको छ । 

    माओवादी अध्यक्ष प्रचण्ड सत्ताबाट बाहिरिएपछि पहिलो पटक समाजवादी मोर्चाको बैठक बस्दैछ ।

    images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij