बिहीबार , असार ५ गते २०८२ Jun 19 2025 Thursday
images
images

बैठकमा ब्रिफिङ

मन्त्रीको गुनासो– ओलीसँग काम गर्न कठिन


  • 1.8K
    SHARES
  • https://indrenipost.com/posts/8064
    माघ ३, २०८१ बिहीबार
    मन्त्रीको गुनासो– ओलीसँग काम गर्न कठिन

    काठमाडौं । प्रमुख सत्तारूढ कांग्रेस सभापति शेरबहादुर देउवा निवासमा मन्त्रीहरूले कार्यसम्पादनको ब्रिफिङ गरेका छन् । 

    ब्रिफिङमा उनीहरूले वर्तमान प्रधानमन्त्री केपी शर्मा ओली सरकारको मन्त्रिपरिषद्मा काम गर्न कठिनाइ भोग्नुपरेको गुनासो गरेका छन् । 

    ओली नेतृत्वको सरकारमा सहभागी कांग्रेसका मन्त्रीहरूले काम गर्न प्रधानमन्त्रीले स्वयंले असहयोग गरेको देउवासँग गुनासो गरेका हुन् । 

    कांग्रेस सभापति देउवासहित पार्टीका शीर्ष नेता र मन्त्रीहरूबीच आज (बिहीबार) भएको छलफलमा मन्त्रीहरूले ब्रिफिङ गर्ने क्रममा अनेकन् गुनासो गरेका छन् । 

    उनीहरूले काम गर्दा स्वयं प्रधानमन्त्री ओलीले नै बाधा पुर्याएको, सहयोग गर्न हिच्किचाएकोले आफूहरूले भनेजस्तो काम गर्न नसकेको भन्दै देउवासमक्ष कार्यसम्पादन कमजोरी स्विकार गरेका छन् । 

    सभापति शेरबहादुर देउवा निवास बुढानीलकण्ठमा संसदीय कार्यसमितिमा छलफलका लागि १० मन्त्री र २ राज्यमन्त्रीलाई डाकिएको थियो । 

    उक्त बैठकमा ओलीले अध्यादेशमार्फत राज गर्न खोजेको भन्दै केही मन्त्रीले असन्तुष्टि जनाएका छन् । संसद् बन्धक बनाएर अध्यादेशको बाटो रोज उचित नभएको उनीहरूले ब्रिफिङ गरेका छन् ।

    images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij