काठमाडौं । बुटवलस्थित सुप्रिम सहकारीको रकम ठगी प्रकरणमा रवि लामिछानेसहित ४२ जनाविरुद्ध रूपन्देही जिल्ला अदालतमा मुद्दा दायर भएको छ ।
आज (आइतबार) जिल्ला सरकारी वकिल कार्यालयले जिल्ला अदालत रुपन्देहीमा मुद्दा दायर गरेको हो ।
अपराध संहिताको ठगी कसुर र संगठित अपराधको कसुरमा मुद्दा दायर गरिएको सरकारी वकिल कार्यालयकी सूचना अधिकारी उमाकुमारी केसीले बताइन् ।
रविविरुद्ध मात्रै व्यक्तिगत २ करोड र सामूहिक २ करोड गरी जम्मा ४ करोड रुपैयाँभन्दा बढी बिगो मागदाबी गर्दै मुद्दा दायर भएको छ ।
२ करोड रुपैयाँ रविको नाममा गएको भौचर समेत प्रहरीले बरामद गरेको छ ।