बिहीबार , असार ५ गते २०८२ Jun 19 2025 Thursday
images
images

अछाम दृश्य

एमालेका अधिकांश नेता रावलको अभियानमा समाहित


  • 838
    SHARES
  • https://indrenipost.com/posts/8078
    माघ ७, २०८१ सोमबार
    एमालेका अधिकांश नेता रावलको अभियानमा समाहित

    काठमाडौं  । मातृभूमि जागरण अभियानका संयोजक भीम रावलको गृहजिल्ला अछाममा नेकपा (एमाले) शून्य उन्मुख भएको छ । 

    ठूलो पंक्ति एकाएक रावलको अभियानमा समाहित भएपछि उक्त जिल्लामा एमाले शून्य उन्मुख भएको हो ।  

    ८३ भन्दा बढी सक्रिय सदस्यले एमाले परित्याग गरी रावलको अभियानमा समाहित भएपछि अछाममा एमाले शून्य हुने सम्भावना छ । उनीहरूले आज (सोमाबार) पत्रकार सम्मेलन गरेर औपचारिकरूपमा एमाले परित्याग गरेको घोषना गर्ने बताएका छन् । 

    रावलले घोषणा गरेको मातृभूमि जागरण अभियानलाई सघाउने उनीहरूको भनाइ छ । गत पुस १० मा एमालेले रावललाई संगठित सदस्यबाट निष्कासन गरेको थियो । 

    त्यसलगत्तै उनले मातृभूमि जागरण अभियानको घोषणा गरेका थिए ।

    images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij