बिहीबार , असार ५ गते २०८२ Jun 19 2025 Thursday
images
images

हिउँदे अधिवेशन

संसद्‌मा भाषणबाजी धेरै, कानुन निर्माण कम : प्रधानमन्त्री


  • 838
    SHARES
  • https://indrenipost.com/posts/8081
    माघ ७, २०८१ सोमबार
    संसद्‌मा भाषणबाजी धेरै, कानुन निर्माण कम : प्रधानमन्त्री

    काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले संसद्‌मा कानुन निर्माणभन्दा भाषणबाजी बढी हुने बताएका छन् । आज (सोमबार) दिउँसो सभामुख देवराज घिमिरेसँगको परामर्शमा उनले यस्तो बताएका हुन् । 

    हिउँदे अधिवेशन आह्वानका लागि परामर्शमा रहेका प्रधानमन्त्री ओलीले यहीँ माघ १८ गतेभित्रै संसद्को हिउँदे अधिवेशन आह्वानका लागि प्रक्रिया अघि बढाएका छन् । 

    प्रधानमन्त्रीले संसद्को अधिवेशन बोलाउनुको साटो दर्जन बढी अध्यादेश ल्याएर सरकार चलाइरहेका छन् । उनको यो कार्यप्रति सत्तापक्षका केही र प्रतिपक्षी दलका नेताहरूले चर्को विरोध र आलोचना गर्दै आएका छन् । 

    विरोधका बाबजुद सरकारले संसद्को दुवै सदनको हिउँदे अधिवेशन माघ १८ गतेदेखि बोलाउने तयारी गरेको छ । मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिले संसद्को अधिवेशन बोलाउने र अन्त्य गर्ने संवैधानिक व्यवस्था छ ।

    आज बस्ने मन्त्रिपरिषद् बैठकले माघ १८ गतेदेखि प्रतिनिधिसभा र राष्ट्रिय सभाको अधिवेशन बोलाउन राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष सिफारिस गर्ने तयारी गरेको छ । 

    यसबारे प्रधानमन्त्री ओली र सभामुख देवराज घिमिरेबीच परामर्श भएको छ । परामर्शमा ओलीले संसद्मा भाषणबाजी धेरै र कानुन निर्माण कम हुने बताएका छन् । 

    images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij