बिहीबार , असार ५ गते २०८२ Jun 19 2025 Thursday
images
images

पत्रकार सम्मेलन

भूमिसम्बन्धी अध्यादेश ल्याउनु शंकास्पद : माओवादी


  • 334
    SHARES
  • https://indrenipost.com/posts/8085
    माघ ७, २०८१ सोमबार
    भूमिसम्बन्धी अध्यादेश ल्याउनु शंकास्पद : माओवादी

    काठमाडौं । नेकपा (माओवादी केन्द्र)का महासचिव देव गुरुङले सरकार निरंकुशतातर्फ अघि बढेको आराेप लगाएका छन् । 

    पछिल्ला समसामयिक राजनीतिक घटनाक्रमबारे काठमाडौंमा पत्रकार सम्मेलन गरेर सरकारले अलोकतान्त्रिक शैलीमा अध्यादेश ल्याएको भन्दै महासचिव गुरुङले आपत्ति जनाए । 

    उनले सरकारले मुलुकको लोकतान्त्रिक विधि र पद्धति उल्लंघन गर्दै अध्यादेश जारी गरेको जिकिर गरे । उनले अहिले संसद नबोलाएर अध्यादेश ल्याउनुपर्ने कुनै कारण नभएको भन्दै उनले कुनै पनि बहानामा सदन छल्ने कुरा स्वीकार्य नहुने बताए । 

    उनले सदनमा विचाराधीन अवस्थामा रहेको विधेयकका बारेमा सरकारले अध्यादेश ल्याउन पाउँछ कि पाउँदैन ? भन्दै प्रश्न गरे । 

    महासचिव गुरुङले गिरीबन्धु टी-स्टेटको जग्गा प्रकरणबारे प्रश्न उठिरहेको बेलामा ल्याइएको भूमिसम्बन्धी अध्यादेशले सरकारको नियतमा शंका पैदा भएको बताए । 

    images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij