बिहीबार , असार ५ गते २०८२ Jun 19 2025 Thursday
images
images

मन्त्रिपरिषद् बैठक

यी हुन् मन्त्रिपरिषद् बैठकका निर्णयहरू (निर्णयसहित)


  • 352
    SHARES
  • https://indrenipost.com/posts/8090
    माघ ९, २०८१ बुधबार
    यी हुन् मन्त्रिपरिषद् बैठकका निर्णयहरू (निर्णयसहित)

    काठमाडौं । सरकारले समपूरक अनुदान सम्बन्धी कार्यविधि स्वीकृत गर्ने निर्णय गरेको छ ।

    यही माघ ७ गते बसेको मन्त्रिपरिषद् बैठकका निर्णय बुधबार सिंहदरबारमा सार्वजनिक गर्दै सरकारका प्रवक्ता पृथ्वीसुव्वा गुरुङले समपूरक अनुदान सम्बन्धी कार्यविधि २०८१ र विशेष अनुदान सम्बन्धी कार्यविधि २०८१ स्वीकृत गर्ने निर्णय गरेको जानकारी दिए ।

    उनले भने,‘समपूरक अनुदान सम्बन्धी कार्यविधि २०८१ र विशेष अनुदान सम्बन्धी कार्यविधि २०८१ स्वीकृत गर्ने निर्णय भएको छ ।’

    त्यस्तै, उनका अनुसार सहलगानी सम्बन्धी कार्यविधि २०७७ र कोभिड १९ को महामारीबाट प्रभावित अति विपन्न परिवार नगद हस्तान्तरण कार्यविधि २०७८ खारेज गर्ने निर्णय पनि भएको छ ।

    बैठकले एसियाली विकास बैंकको बैकल्पिक कार्यकारी निर्देशक पदमा नियुक्तीका लागि नेपालको तर्फबाट अर्थ मन्त्रालयका सहसचिव श्रीकृष्ण नेपाललाई मनोनयन गर्ने पनि निर्णय गरेको छ ।

    सरकारले सञ्चार तथा सूचना प्रविधि मन्त्रालय र अन्तर्गतका निकायको संगठन तथा व्यवस्थापन सर्वेक्षण गर्न पूर्वस्वीकृति दिएको छ भने सामाजिक सञ्जालको सञ्चालन, प्रयोग तथा नियमन गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक २०८१ संघीय संसदसमक्ष पेश गर्न स्वीकृति प्रदान गरेको छ ।

    images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij