बिहीबार , असार ५ गते २०८२ Jun 19 2025 Thursday
images
images

बचत अपचलन

रविका वकिलहरूले गर्न पाएनन् बहस


  • 460
    SHARES
  • https://indrenipost.com/posts/8096
    माघ १०, २०८१ बिहीबार
    रविका वकिलहरूले गर्न पाएनन् बहस

    काठमाडौं । सहकारी बचत अपचन अभियुक्त रवि लामिछानेका वकिलले बहसै नगरी घर फर्किएका छन् । जिल्ला अदालत रूपन्देहीमा वकिलहरूले रविको पक्षमा बहस नै नगरी घर फर्किएका हुन् । 

    सहकारी बचत अपचलन अभियोगमा रास्वपा सभापति रवि लामिछानेविरुद्ध जिल्ला अदालत रुपन्देहीमा छुनछेक बहस चलिरहेको छ । बिहीबार सुप्रिम सहकारी सहकारी प्रकरणमा जाहेरवालाका तर्फबाट बहस भएको छ । उनीहरूको तर्फबाट वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले बहस गरेका छन् । 

    बिहीबारै सरकारी वकिलका तर्फबाट पनि बहस भएको छ । सरकारी वकिल कार्यालयका तर्फबाट बहस गरेकाहरूले सुप्रिम सहकारीबाट लगानी भएको ऋणको जिम्मेवार रास्वपा सभापति रवि नै भएको दलिल पेस गरेका छन् ।  ७ जना सरकारी वकिलहरूले बहस गरेका छन् । 

    सरकारी वकिल र जाहेरवालाका तर्फबाट बिहीबार बसह सकिएको छ । रविको तर्फबाट बिहीबार वकिलहरूले बहस गर्ने समय पाएनन् । अब उनीहरूले शुक्रबार बहस गर्नेछन् । त्यसपछि सरकारी वकिलले जवाफी बहस गर्नेछन् । 

    शुक्रबार सबै बहस सकिए शुक्रबारै आदेश आउने सम्भावना पनि रहेको छ । 

    images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij