बिहीबार , असार ५ गते २०८२ Jun 19 2025 Thursday
images
images

खुल्ला उपाध्यक्ष : आचार्यको पक्षमा लोकप्रिय भोट, भारी मतको अग्रता कायमै 


  • 10.4K
    SHARES
  • https://indrenipost.com/posts/8101
    माघ १४, २०८१ सोमबार
    खुल्ला उपाध्यक्ष : आचार्यको पक्षमा लोकप्रिय भोट, भारी मतको अग्रता कायमै 

    काठमाडौं । नेकपा (माओवादी केन्द्र) निकट विद्यार्थी संगठन अखिल (क्रान्तिकारी)को खुल्ला उपाध्यक्ष पदका उमेदवार अटल आचार्यले लोकप्रिय मत पाएका छन् ।

    नयाँ नेतृत्व चयनका लागि शनिबार भएको निर्वाचनमा आचार्यले लोकप्रिय मत पाएका हुन् । हालसम्म मतगणना भएका प्रदेशमा उनले आफ्नो मत घटाएका छैनन् ।

    कोशी, मधेस, गण्डकी, बागमती, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको मतगणना हुँदा अखिल (क्रान्तिकारी)को खुल्ला उपाध्यक्ष पदका उमेदवार अटल आचार्यले ४४८ मत प्राप्त गरेको केन्द्रीय निर्वाचन समितिले जनाएको छ ।

    उक्त समितिका अनुसार उनका निकटम प्रतिस्पर्धीहरू खेमबहादुर सिंहले २१३, जीवन खड्काले १०१, टंकप्रसाद उपाध्यायले ३३, तुलसीराम न्यौपानेले १९७, दीपा जैसीले ३०८, देवकी कार्र्कीले २७१, देवेन्द्र शर्माले २५९, विराज थापाले ३२८, भीष्मराज  चौलागाईंले १५६, मदन ढकालले ४१३, मुना काप्लेले ११९, योगेश भट्टराईले २१८, रमेश आचार्यले ५७, राजीव न्यौपानेले ७८, रोशन खड्काले १७३, लालबहादुर पाण्डेले १०४, विनोद कोइरालाले ९१, सविन खरेलले १५२ र समीर बुढाथोकीले १०५ मत प्राप्त गरेका छन् ।

    हालसम्मको परिणाम अनुसार उनले मत घटाएका छैनन् । आफ्ना प्रतिस्पर्धीभन्दा निकै अगाडि रहेका आचार्य खुल्ला उपाध्यक्षमा विजयी हुने निश्चित जस्तै छ ।

    अब विशेष प्रदेश र विश्वविद्यालयको मतगणना हुन बाँकी छ । अखिल (क्रान्तिकारी) केन्द्रीय निर्वाचन समितिले केहीबेरमा मतगणना सुरु गर्ने बताएको छ ।

    २३औँ राष्ट्रिय महाधिवेशनबाट नयाँ नेतृत्व चयनका लागि अखिल (क्रान्तिकारी)ले शनिबार निर्वाचन सम्पन्न गरेको छ । शनिबारबाटै मतगणना सुरु भएपनि प्रदेश विशेष र विश्वविद्यालयको गणना आज (सोमबार) दिउँसोबाट हुने बताइएको छ । 

    images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij