बिहीबार , असार ५ गते २०८२ Jun 19 2025 Thursday
images
images

अखिल क्रान्तिकारी

अध्यक्षका उमेदवारद्वय सापकोटा र राईबीच कडा प्रतिस्पर्धा


  • 1.1K
    SHARES
  • https://indrenipost.com/posts/8104
    माघ १६, २०८१ बुधबार
    अध्यक्षका उमेदवारद्वय सापकोटा र राईबीच कडा प्रतिस्पर्धा

    काठमाडौं । नेकपा (माओवादी केन्द्र) निकट अखिल (क्रान्तिकारी)को अध्यक्ष पदका उमेदवाद्वय विजयप्रकाश सापकोटा र हेमन्त राईबीच कडा प्रतिस्पर्धा भइरहेको छ । 

    शनिबार सम्पन्न निर्वाचनको मतगणना अनुसार अध्यक्षका उमेदवारबीच कडा प्रतिस्पर्धा भइरहेको केन्द्रीय निर्वाचन समितिले जनाएको छ । उक्त समितिका अनुसार पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा भइरहेको मतगणना भइरहेको छ । 

    यसअघि कोशी प्रदेश, मधेस प्रदेश, गण्डकी प्रदेश, बागमती प्रदेश, लुम्बिनी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशको मतगणना भइसकेको छ । बाँकी उपत्यका विशेष र विश्वविद्यालय विशेष प्रदेशको मतगणना हिजो (मंगलबार) राति १० बजेदेखि सुरु गरिएको छ । 

    भृकुटीमण्डपस्थित वाल्मीकि क्याम्पसमा मतदान भएको चार दिनपछि मंगलबार मध्येरातिबाट मतपेटिका पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा लगिएको थियो । 

    अहिलेसम्म अध्यक्षमा विजयप्रकाश सापकोटा र हेमन्त राईबीच कडा प्रतिस्पर्धा देखिएको भइरहेको छ । सापकोटा ४८५ र राईले ४६१ मत प्राप्त गरेका छन् । वाल्मीकिमा ५२२ मत खसेको छ । 

    images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij