बिहीबार , असार ५ गते २०८२ Jun 19 2025 Thursday
images
images

मतपरिणाम

अखिल क्रान्तिकारीको कोषाध्यक्षमा फूलमाया विजयी


  • 1.1K
    SHARES
  • https://indrenipost.com/posts/8105
    माघ १६, २०८१ बुधबार
    अखिल क्रान्तिकारीको कोषाध्यक्षमा फूलमाया विजयी

    काठमाडौं । अखिल (क्रान्तिकारी)को कोषाध्यक्ष पदमा चार पक्षीय प्रतिस्पर्धा भएको थियो । 

    उक्त पदमा संस्थापन र इतरपक्षसहित चार पक्षीय प्रतिस्पर्धा भएको हो । 

    कोषाध्यक्षको इतर पक्षमा पार्टी उपमहासचिव जनार्दन शर्मा, वर्षमान पुन र शक्तिबहादुर बस्नेत पक्षका उम्मेदवारबीच कडा प्रतिस्पर्धा भएको थियो । 

    शनिबार भएको निर्वाचनमा केन्द्रीय कोषाध्यक्षमा फूलमाया रानामगर निर्वाचित भएकी छन् । 

    नेकपा (माओवादी केन्द्र)को केन्द्रीय कार्यालय पेरिसडाँडामा जारी उपत्यका विशेष र विश्वविद्यालय विशेष प्रदेशको मतगणनामा कोषाध्यक्ष पदको गणना सकिँदा फूलमाया निर्वाचित भएकी हुन् ।

    उनी उपमहासचिव जनार्दन शर्मा पक्षकी उम्मेदवार हुन् । उनले ५९६ मत ल्याएकी छन् भने संस्थापन र अन्य पक्षका उमेदवार पराजित भएका छन् । 

    images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij