काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद्को बैठक बोलाएका छन् ।
आज (सोमबार) दिउँसो ४ बजे उक्त बैठक सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बस्नेगरि बोलाइएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।
बैठकमा विभिन्न समसामयिक विषयमा छलफल एवं निर्णय हुने बताइएको छ ।
यो मन्त्रिपरिषद्को नियमित बैठक हो ।