बिहीबार , असार ५ गते २०८२ Jun 19 2025 Thursday
images
images

जति दक्षिणतिर गयो,उति नै विभेद र अभाव पाएँ : प्रचण्ड


  • 262
    SHARES
  • https://indrenipost.com/posts/8125
    फागुन १५, २०८१ बिहीबार
    जति दक्षिणतिर गयो,उति नै विभेद र अभाव पाएँ  : प्रचण्ड

     
    काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले जति दक्षिणतिर पुग्यो उति नै विभेद र अभाव धेरै पाएको बताएका छन् । जनतासँग माओवादी, हुलाकी मार्ग केन्द्रित तराई मधेस जागरण अभियानअन्तर्गत बिहीबार सुनसरीको बर्जुमा आयोजित स्वागत तथा भेटघाट कार्यक्रमलाई सम्बोधन अध्यक्ष प्रचण्डले यस्तो धारणा राखेका हुन् ।  अध्यक्ष प्रचण्डले नेपालको दक्षिण भेगको भौतिक पूर्वाधारको विकासका लागि राज्यको ध्यानाकर्षण गराउन, पार्टीको तर्फबाट गर्न सकिने कामको पहल लिन र  मानवीय विकास तथा सचेतनाका लागि पनि यो अभियान फलदायी हुने विश्वास व्यक्त गरे ।

    अध्यक्ष प्रचण्डले पार्टीले अघि बढाएको जनतासँग माओवादी, तराई मधेस जागरण अभियानले देशको दक्षिण क्षेत्रमा बस्ने जनताका समस्यालाई राष्ट्रिय मुद्दाको रुपमा स्थापित गर्ने बताए । राज्यले दक्षिण भेगमा बस्दै आएका नागरिकमाथि वर्षौंदेखि विभेद गरिरहेकाले यसको विरुद्ध संघर्षको झण्डा उठाउन अभियान थालिएको उनले बताए । 
     
    पार्टीले उत्पीडित वर्गको पक्षमा गरेको बलिदानीपूर्ण आन्दोलनबाट धेरै अधिकार प्राप्त भएको उल्लेख गर्दै उनले अहिलेको सरकारले भ्रष्ट, दलाल र विचौलियाको सेवा गर्नुबाहेक जनताको पक्षमा अरु कुनै काम नगरेकाले जनतालाई सचेत बनाउँदै आफ्नो खबरदारी र जागरणमा अघि बढेको स्पष्ट पारे । 
    आफूले सरकारको नेतृत्व गर्दा धेरै मेहनत गरेर रासायनिक मलको आपूर्ति सगज गरिएको उल्लेख गर्दै अध्यक्ष प्रचण्डले अहिले फेरि समस्या देखिन थालेको बताए । आफूले धेरै नै मेहनत गरेर विद्यालय शिक्षा विधेयक संसदमा पुर्याइएको उल्लेख गर्दै अध्यक्ष प्रचण्डले यसलाई पारित गरेर शैक्षिक क्षेत्र सुधारमा पूरै जोड दिनुपर्ने बताए ।  कार्यक्रममा सुनसरीका स्थापित कृषि व्यवसायी राधाकृष्ण राई माओवादी केन्द्रमा प्रवेश गरेका छन् । 

     

    images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij