बिहीबार , असार ५ गते २०८२ Jun 19 2025 Thursday
images
images

ग्याल्पो ल्होसारले राष्ट्रिय एकतालाई सुदृढ गर्छ : प्रचण्ड


  • 217
    SHARES
  • https://indrenipost.com/posts/8138
    फागुन १६, २०८१ शुक्रबार
    ग्याल्पो ल्होसारले राष्ट्रिय एकतालाई सुदृढ गर्छ : प्रचण्ड

    काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले ग्याल्पो ल्होसारले पहिचान र अधिकारमा आधारित राष्ट्रिय एकतालाई सुदृढ गर्न प्रेरणा मिल्ने विश्वास व्यक्त गरेका छन् । शेर्पा समुदायको ग्याल्पो ल्होसारका अवसरमा आज एक शुभकामना सन्देश जारी गर्दै उनले  यो पर्व मनाउने सबैमा हार्दिक शुभकामना व्यक्त गरेका हुन् ।

    अध्यक्ष दाहालले सामाजिक सञ्जाल फेसबुकमा ‘शेर्पा समुदायलगायत बौद्ध धर्मावलम्बीहरूले नयाँ वर्षका रूपमा मनाउने ग्याल्पो ल्होसारको अवसरमा देशभित्र र बाहिर रहनुभएका सम्पूर्ण नेपालीहरूमा हार्दिक शुभकामना व्यक्त गर्दछु । ग्याल्पो ल्होसारले विविधतायुक्त नेपाली समाजको चरित्रलाई आत्मसात् गर्दै पहिचान र अधिकारमा आधारित राष्ट्रिय एकता थप सुदृढ गर्न महत्त्वपूर्ण प्रेरणा मिल्ने विश्वास लिएको छु,’ लेखेका छन् ।  

    images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij