बिहीबार , असार ५ गते २०८२ Jun 19 2025 Thursday
images
images

 बिचौलियाको साँठगाँठमा मलको कृत्रिम अभाव गराइयो : प्रचण्ड


  • 244
    SHARES
  • https://indrenipost.com/posts/8142
    फागुन १६, २०८१ शुक्रबार
     बिचौलियाको साँठगाँठमा मलको कृत्रिम अभाव गराइयो : प्रचण्ड

    काठमाडौं ।  नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सरकार र बिचौलियाको साँठगाँठमा मलको कृत्रिम अभाव सिर्जना गरिएको आरोप लगाएका छन् । सप्तरीको तिलाठीकोइलाडी गाउँपालिका ८ को तोप भन्ने ठाउँमा आज बिहान आयोजित भेटघाट कार्यक्रममा उनले किसानलाई मर्कामा पारेर बिचौलियाले सरकारसँग साँठगाँठ गरी नाफा कमाउने उद्देश्य लिएको आरोप लगाए ।

    ‘हाम्रो नेतृत्वको सरकार हुँदासम्म मलखादको समस्या हुन दिइएको थिएन । मूलभूत रुपमा मलखादको समस्या हल गरिएको थियो, जतिबेलासम्म हाम्रो सरकार थियो’, उनले भने, ‘तर अहिले कांग्रेस–एमालेको सरकार बनिसकेपछि मलको समस्या ठूलो समस्याको रुपमा खासगरी तराई मधेशभरि र अन्यत्र पनि देखिएको छ ।’

    उनले अगाडि भने, ‘यो किन त्यस्तो भाछ भन्दा सरकार र बिचौलियाहरुले सेटिङ गरेर किसानहरुलाई मर्कामा पार्ने र त्यहाँबाट नाफा लिने उद्देश्य लिएको हुनाले दुःख भाहो ।’

    images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij