बिहीबार , असार ५ गते २०८२ Jun 19 2025 Thursday
images
images

ट्रम्पले जेलेन्स्कीलाई ह्वाइट हाउस छाड्न भनेपछि वार्ता छोडेर निस्किए 


  • 190
    SHARES
  • https://indrenipost.com/posts/8153
    फागुन १७, २०८१ शनिबार
    ट्रम्पले जेलेन्स्कीलाई ह्वाइट हाउस छाड्न भनेपछि वार्ता छोडेर निस्किए 

    काठमाडौं ।  अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र युक्रेनका राष्ट्रपति भोलोदोमिर जेलेन्स्कीको वार्तामै भनाभन भएको छ। ह्वाइट हाउसमा उपराष्ट्रपति जेडी भान्सको साथमा रहेका राष्ट्रपति ट्रम्पले जेलेन्स्कीलाई विभिन्न आरोप लगाएपछि भनाभनको स्थिति बनेको हो।

    ट्रम्पले तेस्रो विश्व युद्ध निम्त्याउन खोजेको र अमेरिकाले सहयोग नगरे रुससँगको युद्ध दुई सातामा सकिने बताएपछि वार्तामा भनाभनको स्थिति बनेको थियो। भनाभनको स्थिति बढ्दै जाँदा ट्रम्पले जेलेन्स्कीलाई ह्वाइट हाउस छाड्न भनेपछि उनी कुराकानी छोडेर निस्किएका थिए।

    अहिले युक्रेन र अमेरिका मात्र नभई संसार भरमा नै यसको चर्चा भएको छ। खनिज सम्झौता अहिले नहुने भएको छ। बैठक तनावपूर्ण भएर सकिएपछि जेलेन्स्कीले अमेरिकाले युद्धको क्रममा गरेको सहयोगमा धन्यवाद ज्ञापन गर्दै युक्रेन र अमेरिकाको सम्बन्ध दुई राष्ट्रपतिको सम्बन्ध भन्दा धेरैमाथि रहेको बताए।


    ट्रम्पले सामाजिक सामाजिक सञ्जाल ट्र्थ सोसलमा जेलेन्स्कीले अमेरिकी नागरिकको अपमान गरेको आरोप लगाएका छन्।

    images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij