बिहीबार , असार ५ गते २०८२ Jun 19 2025 Thursday
images
images

 विभिन्न पार्टी परित्याग गरी ५० जना  माओवादी केन्द्र प्रवेश


  • 217
    SHARES
  • https://indrenipost.com/posts/8174
    फागुन १८, २०८१ आइतबार
     विभिन्न पार्टी परित्याग गरी ५० जना  माओवादी केन्द्र प्रवेश

     
    काठमाडौं । धनुषाको हंसपुर नगरपालिकामा विभिन्न पार्टी परित्याग गरी ५० नेता कार्यकर्ता माओवादी केन्द्रमा प्रवेश गरेका छन् ।
    जनतासँग माओवादी, तराई मधेस जागरण अभियानको क्रममा यहाँ आयोजित जागरण तथा खबरदारीसभामा उनीहरु माओवादी केन्द्रमा प्रवेश गरेका हुन् । अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नवप्रवेशीलाई स्वागत गरेका थिए ।


    पार्टी प्रवेश गर्नेहरुमा काग्रेस क्षेत्रीय प्रतिनिधि निरस राइन, एमालेका राकेश सहनी, जसपाका वडा अध्यक्षका प्रत्यासी रामु मुखिया सहित नेता कार्यकर्ता रहेका छन् ।


    अघिल्लो स्थानीय निर्वाचनमा यो पालिकाको मेयरमा दोस्रो बनेकोमा आगामी निर्वाचन जित्ने गरी पार्टीप्रति आकर्षण बढिरहेको माओवादी केन्द्र हंसपुरका नेताहरुले बताएका छन । अघिल्लो स्थानीय निर्वाचनमा हारेको जनकपुरधामको वडामा यसपटकको उपनिर्वाचन जितेपछि माओवादी केन्द्र धनुषामा उत्साहित देखिएको छ।

    images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij