बिहीबार , असार ५ गते २०८२ Jun 19 2025 Thursday
images
images

यथास्थितिमा अध्यादेश पारित हुँदैनः मीन विश्वकर्मा


  • 172
    SHARES
  • https://indrenipost.com/posts/8186
    फागुन १९, २०८१ सोमबार
    यथास्थितिमा अध्यादेश पारित हुँदैनः मीन विश्वकर्मा


    काठमाडौं ।  नेपाली कांग्रेसका केन्द्रीय सदस्य मीन विश्वकर्माले सरकारले ल्याएको अध्यादेश यथास्थितिमा  पारित हुने अवस्था नरहेको जिकिर गरेका छन् । सोमबार बुटवलमा आयोजित साक्षात्कार कार्यक्रममा बोल्दै विश्वकर्माले सरकारले अध्यादेश ल्याउने अवस्थामा काँग्रेससँग छलफल गरेपनि संसदमा लैजाँदा पार्टीहरूबिचमा असन्तुष्टि आउँदा पारित नहुने अवस्था सिर्जना भएको उल्लेख गरे ।

    उनले भने, ‘अध्यादेश ल्याउने विषयमा प्रधानमन्त्रीज्यूले नेपाली कांग्रेसका मन्त्रीहरुसँग छलफल त गर्नुभएको थियो, तर अहिले संसदमा लैजाने विषयमा सर्वसम्मत हुने अवस्था देखिएको छैन, यथास्थितिमा हुबहु पारित हुने अवस्था छैन । ’ उनले सरकारले अध्यादेश जारी गर्ने संवैधानिक अधिकार भए पनि आवश्यकता महसुस फरक ढंगले भएको बताउँदै यदि हुबहु पारित नभए प्रतिस्थापन विधेयक मार्फत संसदीय प्रक्रियामा जाने र पारित हुने तर्क गरे ।

     अर्को प्रसङ्गमा उनले पछिल्लो समय नेपाली कांग्रेस पार्टी चलायमान बन्दै गइरहेको बताए । उनले अहिलेको अवस्थामा ५५ वटा विभाग निर्माण गरी ७७ वटै जिल्लामा विभिन्न कार्यक्रमहरू निरन्तर रूपमा भइरहेको जानकारी पनि गराए । 

     

    images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij