बिहीबार , असार ५ गते २०८२ Jun 19 2025 Thursday
images
images

 नेमकिपा अध्यक्षमा नारायणमान विजुक्छे पार्टीको अध्यक्षमा सर्वसम्मत चयन


  • 172
    SHARES
  • https://indrenipost.com/posts/8201
    फागुन २०, २०८१ मंगलबार
     नेमकिपा अध्यक्षमा नारायणमान विजुक्छे पार्टीको अध्यक्षमा सर्वसम्मत चयन

    काठमाडौं । नेपाल मजदुर किसान पार्टीको अध्यक्षमा पुनः नारायणमान विजुक्छे सर्वसम्मत निर्वाचित भएका छन् ।  जारी महाधिवेशनले ४ वैकल्पिक केन्द्रीय सदस्यहरूसहित कुल ३३ जनाको केन्द्रीय समिति सर्वसम्मतिले चुनिएको हो ।

    पार्टीको आठौँ महाधिवेशनबाट आठौँ पटक विजुक्छे पुनः सर्वसम्मत अध्यक्षमा चुनिएका हुन् । फागुन १६ देखि चलेको महाधिवेशन मंगलबार भक्तपुरमा सम्पन्न भएको थियो ।

    ८५ वर्षका विजुक्छे २०३१ माघ १० मा उनकै नेतृत्वमा स्थापना भएको पार्टीको आठौँ महाधिवेशनसम्म निरन्तर अध्यक्षमा सर्वसम्मत निर्वाचित हुँदै आएका छन् । 

    images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij