बिहीबार , असार ५ गते २०८२ Jun 19 2025 Thursday
images
images

राष्ट्रियसभाको बैठक बस्दै, अध्यादेश पेश गरिदै

  • 289
    SHARES
  • https://indrenipost.com/posts/8226
    फागुन २२, २०८१ बिहीबार
    राष्ट्रियसभाको बैठक बस्दै, अध्यादेश पेश गरिदै

    काठमाडौँ  । आज राष्ट्रिय सभाको बैठक आज बस्दै छ । आज अपराहन्न १:१५ बजे बस्ने बैठकमा प्रतिनिधिसभामा स्वीकृत भएका पाँच अध्यादेश पेश गर्ने कार्यसूची रहेको छ ।

    बुधबार  प्रतिनिधि सभाबाट सरकारले ल्याएका पाँच अध्यादेश स्वीकृत भएका थिए । प्रतिपक्षको विरोधका बाबजुत बुधबार सरकारले पेश गरेका पाँच अध्यादेश प्रतिनिधिसभाबाट स्वीकृत भएका थिए ।

    प्रतिनिधिसभामा स्वीकृत भएका अध्यादेशमा सहकारी सम्बन्धि केहि नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश-२०८१,  आर्थिक तथा व्यावसायिक सुधार र लगानी अभिवृद्धि सम्बन्धि केहि नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश-२०८१, निजीकरण (पहिलो संशोधन) अध्यादेश-२०८१, सुशासन प्रवर्द्धन तथा सार्वजनिक सेवा प्रवाहसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश-२०८१ र आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व (पहिलो संशोधन) अध्यादेश-२०८१ पनि बहुमतले स्वीकृत गरेको थियो ।

    योसँगै सरकारले ल्याएका ६ मध्ये ५ अध्यादेश प्रतिनिधिसभाबाट स्वीकृत भएका छन् भने भूमिसम्बन्धि अध्यादेशलाई भने सरकारले अहिले होल्डमा राखेको छ । 

    images
    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij