बिहीबार , असार ५ गते २०८२ Jun 19 2025 Thursday
images
images

तराई पुगेर प्रचण्डले भने, मिटरब्याज पीडितका समस्या समाधान गर्न अझै जालझेल भइरहेको छ  


  • 316
    SHARES
  • https://indrenipost.com/posts/8235
    फागुन २२, २०८१ बिहीबार
    तराई पुगेर प्रचण्डले भने, मिटरब्याज पीडितका समस्या समाधान गर्न अझै जालझेल भइरहेको छ  

    काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले मिटरब्याज पीडितका समस्या समाधान गर्न अझै पनि जालझेल भइरहेको बताएका छन् ।  बिहीबार महोत्तरीमा मिटरब्याज पीडितका गुनासो सुन्दै अध्यक्ष प्रचण्डले मिटरब्याज पीडितका समस्याप्रति गम्भीर भएर ऐन, संरचना बनाएर काम अघि बढाउन खोजिए पनि अझै पनि जालझेल भइरहेको बताएका हुन् ।
    उनले मिटरब्याज पीडितका समस्या समाधान गर्न माओवादीले बल गर्ने धारणा राखेका हुन् । देशका सबै जिल्लामा मिटरब्याज पीडितको समस्या देखिएकाले यसलाई दीर्घकालीन रूपमा नै समाधान गर्नुपर्ने उनले बताए ।
    सो क्रममा मिटरब्याज पीडितहरूले आफूहरूको समस्या राज्यले नसुनेको र पीडा थपिँदै गएको गुनासो गरेका थिए । 

     

    images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij