सर्लाही । जनता समाजवादी पार्टी (जसपा) नेपालका पूर्वसांसद प्रमोद साह नेकपा (माओवादी केन्द्र)मा प्रवेश गरेका छन् ।
जनतासँग माओवादी तराई–मधेस जागरण अभियान अन्तर्गत सर्लाहीको मलंगवामा आयोजित जनसभामा उनले माओवादी केन्द्रमा प्रवेश गरेका हुन् ।
उनलाई माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टीमा भित्र्याएका छन् ।
साह २०७४ को आम निर्वाचनमा सर्लाही–१ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका थिए । २०७८ देखि प्रमुख सचेतको भूमिका निर्वाह गरेका थिए ।
उनीसँगै ठूलो संख्यामा जसपा नेपालसहित विभिन्न दलका नेता–कार्यकर्ता माओवादी केन्द्रमा प्रवेश गरेका छन् ।