बुधबार, असार ४ गते २०८२ Jun 18 2025 Wednesday
images
images

कसैले उक्साउँदैमा नउस्किन ज्ञानेन्द्रलाई वर्षमानको चेतावनी


  • 280
    SHARES
  • https://indrenipost.com/posts/8248
    फागुन २३, २०८१ शुक्रबार
    कसैले उक्साउँदैमा नउस्किन ज्ञानेन्द्रलाई वर्षमानको चेतावनी

    काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुनले राजावादीले उक्साउँदैमा नहौसिन पूर्वराजा ज्ञानेन्द्र शाहलाई चेतावनी दिएका छन् ।

    रोल्पा नगरपालिकाको नवनिर्मित प्रशासकीय भवन उद्घाटन गर्दै उनले वंश परम्परामा आधारित राजतन्त्र फर्कने सम्भावना नभएको दाबी गरे ।

    जनताका छोराछोरी राष्ट्रपति हुने व्यवस्थाको विकल्पमा अमुक कुलमा जन्मिँदा शासक हुने व्यवस्थाको पक्षमा कोही नरहेको उनको भनाइ थियो ।

    उनले सामन्ती एकाधिकारवादी राजतन्त्र र विचार, आस्था र उद्देश्यविहीन लोकप्रियतावादीको नेपालमा राजनीतिक भविष्य नरहेको बताए ।

    images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij