बुधबार, असार ४ गते २०८२ Jun 18 2025 Wednesday
images
images

पूर्वराजालाई प्रचण्डले भने- पार्टी खोलेर चुनाव लड्न आए हुन्छ


  • 1.7K
    SHARES
  • https://indrenipost.com/posts/8258
    फागुन २४, २०८१ शनिबार
    पूर्वराजालाई प्रचण्डले भने- पार्टी खोलेर चुनाव लड्न आए हुन्छ

    रौतहट । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पूर्वराजा ज्ञानेन्द्रलाई पार्टी खोलेर चुनाव लड्न सुझाव दिएका छन् । उनले राजतन्त्र पुनःस्थापना हुने कुरा असम्भव भएको स्पष्ट पारे ।

    आज बिहान रौतहट गरूडाका उद्योगी तथा व्यापारीसँगको भेटघाटका क्रममा सञ्चारकर्मीले राखेका  जिज्ञासाको उत्तर दिँदै अध्यक्ष दाहालले भने, “इतिहासको चर्खा कहिले पनि फर्कँदैन, यदि उनलाई सत्तामा आउने इच्छा भए पार्टी खोलेर, चुनाव जितेर आउन संविधानले छुट दिएको छ ।” 

    अर्को प्रसंगमा अध्यक्ष दाहालले गरूडामा रहेको श्रीराम सुगर मिल सञ्चालनको लागि सक्दो पहल गर्ने बताए । यस मिलसँग रोजगारी, आर्थिक विकाससमेत जोडिएको हुँदा श्रीराम सुगर मिल सञ्चालनको लागि पार्टीको तर्फबाट सक्दो सहजीकरण गर्ने उनले प्रतिबद्धता जनाए ।

    अध्यक्ष दाहालसहितको टोली माओवादी केन्द्रको  जनतासँग माओवादी तराई–मधेस जागरण अभिायनअन्तर्गत शुक्रबार साँझ रौतहट आइपुगेका हुन् ।

    शनिबार दिउँसो परोहा नगरपालिकाको लौकाहामा आमसभामा सम्बोधन गर्ने कार्यक्रम रहेको पार्टीका पोलिटब्युरो सदस्य एवं रौतहट क्षेत्र नं ४ क का प्रदेशसभा सदस्य युवराज भट्टराई ‘समिर’ले जानकारी दिए ।

    images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij