बुधबार, असार ४ गते २०८२ Jun 18 2025 Wednesday
images
images

ज्ञानेन्द्र शाहीको आरोप– ‘राजावादी आन्दोलनमा प्रधानमन्त्रीका सल्लाहकारले आदित्यनाथको फोटो राख्न निर्देशन दिए’


  • 1.1K
    SHARES
  • https://indrenipost.com/posts/8279
    फागुन २६, २०८१ सोमबार
    ज्ञानेन्द्र शाहीको आरोप– ‘राजावादी आन्दोलनमा प्रधानमन्त्रीका सल्लाहकारले आदित्यनाथको फोटो राख्न निर्देशन दिए’

     
    काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी(राप्रपा) प्रवक्ता ज्ञानेन्द्र शाहीले हिजो(आइतबार) पूर्व राजा ज्ञानेन्द्र शाहको स्वागतमा योगी आथित्यनाथको फोटो प्रधानमन्त्रीका प्रमुख ्राजनीतिक सल्लाहकार विष्णु रिमालले राख्न लगाएको आरोप लगाएका छन् । सामाजिक सञ्जाल फेसबुकमा सोमबार लेख्दै सांसद शाहीले प्रधानमन्त्रीका प्रमुख राजीतिक साल्लहकार रिमालको निर्देशनमा आदित्यनाथको फोटो प्रदेशर्नीमा राखिएको उल्लेख गरेका हुन् । 

    राप्रपाको जुलुसमा आदित्यनाथको फोटो देखिएपछि राष्ट्रवादी महोदयको ¥यालीमा देखिएका दुई तस्बिर भन्दै फेसबुकमा रिमालले उल्लेख गरेका थिए । लगत्तै राप्रपाका नेता शाहीले विदेशी एजेण्डा र सिद्धान्तमा पार्टी चलाउनेले ठुलो कुरा गरेको देख्दा अचम्म लाग्ने गरेको फेसबुकमा लेखेर प्रतिवाद गरेका छन् । उनले के माक्र्स,लेनिन,माओ कुन देशका हुन भन्दै प्रश्न गरेका छन् ।

    ‘हिजो राजाको स्वागतमा भारतका मुख्यमन्त्री योगि आदित्यनाथको फोटो  स्वयम् प्रधानमन्त्री केपि ओलि ज्युको निर्देशनमा प्रधानमन्त्री ज्युका प्रमुख राजनीतिक सल्लाहकार बिस्ष्णु रिमालले राख्न लगाईएको पाईएको छ ’ उने उल्ल्ेख गरेका छन्, ‘नेपाली  राष्ट्रिय झन्डा सहितको स्वागत कार्यक्रमलाई असर पार्नको लागि यस्ता कुकर्म गर्न थालेछन छि छि।
    बिदेशीको एजेन्डामा र सिद्धान्तनमा  पार्टी चलाउनेहरुले ठूलो कुरा गरेको देख्दा अचम्म लाग्छ ?  माक्स ,लेलिन ,माओ कुन देशका हुन ?’ तर, शाहीको प्रतिक्रियापछि रिमालले कुनै जवाफ फर्काएका छैनन् । 

     

    images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij