बुधबार, असार ४ गते २०८२ Jun 18 2025 Wednesday
images
images

 एकीकृत समाजवादीले चैत १ गते आन्दोलन घोषणा गर्ने


  • 694
    SHARES
  • https://indrenipost.com/posts/8281
    फागुन २६, २०८१ सोमबार
     एकीकृत समाजवादीले चैत १ गते आन्दोलन घोषणा गर्ने

     

    काठमाडौँ । नेकपा एकीकृत समाजवादीले केन्द्रीय सचिवालय बैठक बोलाएको छ । बैठक सोमबार ११ बजेपछि बस्ने गरी बोलाएको एकीकृत समाजवादीका महासचिव घनश्याम भुसालले बताए । 

     
    बैठकमा पछिल्लो राजनीतिक अवस्था, राजावादीहरूको चलखेल र आन्दोलनका कार्यक्रम बारे छलफल हुने सो पार्टीका नेताहरूले बताएका छन् । 

    सो पार्टीले आगामी चैत १ गते पत्रकार सम्मेलन गरेर आन्दोलनका कार्यक्रम घोषणा गर्ने तयारी गरेको छ ।  सरकार र सत्तारुढ दलहरूको नालायकीपनका कारण प्रतिगामी तत्त्वहरू सल्बलाउन थालेको एकीकृत समाजवादीका नेताहरूले बताउँदै  आएका छन् । 

    images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij