बिहीबार , असार ५ गते २०८२ Jun 19 2025 Thursday
images
images

माओवादीले भन्यो विदेशी शक्तिको आडमा राजावादी सक्रिय 


  • 3.0K
    SHARES
  • https://indrenipost.com/posts/8282
    फागुन २६, २०८१ सोमबार
    माओवादीले भन्यो विदेशी शक्तिको आडमा राजावादी सक्रिय 

     
    काठमाडौँ । नेकपा (माओवादी केन्द्र) ले पूर्वराजा ज्ञानेन्द्र शाहको स्वागतमा शनिवार भारत उत्तर प्रदेशका मुख्यमन्त्री आदित्यनाथ योगीको तस्बिर प्रयोगबारे गम्भीर समीक्षा गरेको छ । सोमबार अध्यक्ष प्रचण्ड निवास खुमलटारमा बसेको पदाधिकारी बैठकमा राजावादीको जुलुसमा योगीको तस्बिर प्रयोगबारे गम्भीर समीक्षा गरेको हो । 

    पूर्वराजाको सक्रियता आफ्नै बलबुतामा नभई विदेशी शक्तिको आडमा प्रतिगामी शक्ति सलबलाएको विषयमा समीक्षा भएको महासचिव देव गुरुङलेलाई बताए । गणतन्त्रलाई कमजोर बनाउन प्रतिगमनकारी शक्ति सलबलाएको देखिन्छ । यो गम्भीर विषय हो । राजावादी प्रतिगामीको जुलुसमा आदित्यनाथको फोटो बोकेर हिँडेको छ । बाह्य शक्तिको उक्साहटमा पूर्वराजा सक्रिय भएको हुनसक्छ’, उनले भने, ‘राष्ट्रियतालाई कमजोर पार्न र माओवादीले लडेर ल्याएको व्यवस्था उल्टाउन देशी विदेशी शक्तिहरूले खेल्न खोजेको देखिन्छ । केपी ओली सरकारको जनविरोधी गतिविधिका कारण राष्ट्रियता थप सङ्कटमा परेको छ । अहिले नै गणतान्त्रिक व्यवस्था धरापमा परेको हामीले निष्कर्ष निकालेका छैनौँ । तर राष्ट्रियता, स्वाभिमानलाई बचाउन देशभक्त, वामपन्थी, गणतन्त्रवादी शक्तिहरू एक ठाउँमा आउनुको विकल्प छैन ।’

    यस्तै पार्टी वरिष्ठ उपाध्यक्ष नारायाणकाजी श्रेष्ठले सरकारकै अर्कमन्यताकै कारण राजावादी सलबलाएको बताए । सरकारले राम काम नगरकै कारण राजावादीले स्पेस पाएको उनको भनाई छ । 

     

    गुरुङले बैठकमा चैत ५ गते हुने स्ववियु निर्वाचन, तराई मधेस जागरण अभियानबारे समीक्षा भएको बताए । अभियान स्थगित राजावादीको सक्रियताका कारण नभई बैठक बस्नका लागि गरिएको उनले दाबी गरे ।

    images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij