बिहीबार , असार ५ गते २०८२ Jun 19 2025 Thursday
images
images

पूर्वराजा ज्ञानेन्द्र ल्याउन लागेका दुर्गा प्रसाईँले भने,  ‘माहोल बनेपछि लिङ्देन र थापा ढोक्सा थाप्न आइपुगे’


  • 1.5K
    SHARES
  • https://indrenipost.com/posts/8294
    फागुन २७, २०८१ मंगलबार
    पूर्वराजा ज्ञानेन्द्र ल्याउन लागेका दुर्गा प्रसाईँले भने,  ‘माहोल बनेपछि लिङ्देन र थापा ढोक्सा थाप्न आइपुगे’

     काठमाडौं ।  राजा ल्याउने भनेर एकीकृत भएका समूहमा विभाजन देखिएको छ । राजा ल्याउने भन्दै संयुक्त आन्दोलनमा सहभागी भएका दुर्गा प्रसाईँले आज आफ्नै निवासमा पत्रकार सम्मेलन गरी राप्रपाका नेताहरूको भूमिकाप्रति टिप्पणी गरेका छन् ।

    उनले देशमा गणतन्त्र र धर्मनिरपेक्षता स्थापना गर्ने विषयमा राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देन र राप्रपा नेपालका अध्यक्ष कमल थापाले हस्ताक्षर गरेको भन्दै उनीहरूको दोहोरो चरित्र भएको आरोप लगाए । प्रसाईँले तत्कालीन राप्रपाका नेताहरू गणतन्त्रको भोज खाएर माहोल बनेपछि ढोक्सा थाप्न आइपुगेको जिकिर गरेका छन् । 

    उनले माहोल बनेपछि आएका थापा र लिङ्देनले आफूलाई सहकार्य गर्न बोलाएको भन्दै आक्रोश समेत व्यक्त गरे । उनले राजसंस्था स्थापना गर्ने आन्दोलन साँच्चै गर्ने हो भने राप्रपाले सांसद पदबाट राजीनामा गरेर आउन चुनौती दिए ।

    उनले राप्रपासँग हात नमिलाउने समेत पत्रकार सम्मेलनमा बताएका छन् ।

    images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij