बुधबार, असार ४ गते २०८२ Jun 18 2025 Wednesday
images
images

प्रचण्डले भने,‘सत्ताको ड्राइभिङ सिटमै विचौलिया छन्’


  • 1.1K
    SHARES
  • https://indrenipost.com/posts/8296
    फागुन २७, २०८१ मंगलबार
    प्रचण्डले भने,‘सत्ताको ड्राइभिङ सिटमै विचौलिया छन्’

    काठमाडौं ।  नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पछिल्लो ८ महिनामा भएका सबै नीति, निर्णय र नियुक्तिमा विचौलियाको हस्तक्षेप भएको आरोप लगाएका छन् । मंगलबार प्रतिनिधिसभा बैठकलाई सम्बोधन गर्ने क्रममा उनले यस्तो बताएका हुन् । उनले यो ८ महिनामा विचौलियाबिना भएको एउटै मात्रै उदाहरण दिन पनि आग्रह गरे ।

    ‘म चुनौतीका साथ भन्न चाहन्छु, पछिल्ला ८ महिनामा एउटै नीति, निर्णय र नियुक्ति मलाई भनिदिनुस् जसका पछाडि विचौलिया छैन । जम्मा एउटा उदाहरण दिए पनि हुन्छ,’ प्रचण्डले भने । साथै, उनले अहिलेको सत्ताको ड्राइभिङ सिटमै विचौलिया रहेको जिकिर गरे ।

    ‘अहिले सरकार र सरकारी संयन्त्रमा बसेका साथिहरूले बडो घमण्ड गरेको सुनिन्छ, सरकार यो गर्दैछ, तयो गर्दैछ भनेर । तर, दुई तिहाइको घोडा कसले चलाएको छ रु,’ प्रचण्डले भने, ‘म जोड दिएर भन्छु, सरकारको दुई तिहाईको घोडा प्रधानमन्त्री र मन्त्रीहरूले चलाएको मैले देखेको छैन । तपाईंहरूले गर्ने नियुक्ति, सेटिङ, विचौलियाले गरेको देखेको छु । सत्ताको ड्राइभिङ सिटमै आज विचौलिया छ ।’

    images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij