बिहीबार , असार ५ गते २०८२ Jun 19 2025 Thursday
images
images

राजावादीहरूको चहलपहल पछाडि देशभित्र र बाहिरका चलखेल मिसिएको छ : प्रचण्ड

  • 2.7K
    SHARES
  • https://indrenipost.com/posts/8299
    फागुन २७, २०८१ मंगलबार
    राजावादीहरूको चहलपहल पछाडि देशभित्र र बाहिरका चलखेल मिसिएको छ : प्रचण्ड

    काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र)का संसदीय दल नेता पुष्पकमल दाहाल 'प्रचण्ड'ले राजावादीहरूको चहलपहलपछाडि देश भित्र र बाहिरको चलखेल मिसिएको बताएका छन्। 

    मंगलबार प्रतिनिधि सभा बैठकलाई सम्बोधन गर्दै प्रचण्डले राजावादीहरूको चहलपहलको अन्तर्य आफूले राम्रोसँग बुझेको बताएका हुन्। 

    'राजावादीहरूको यो चहलपहलपछाडि संगठित प्रयास छ भन्ने हामीलाई थाहा छ। यसमा देश भित्र र बाहिरका चलखेल पनि मिसिएका छन्,' उनले भने। 

    यसो हुनुमा अहिलेकै सरकारकै कमजोरी रहेको पनि प्रचण्डले बताए। यस्ता चलखेलहरू यही ८ महिनामा अचानक वृद्धि किन भयो भन्ने प्रश्न मूल रहेको उनले बताए। 

    'बन्द कोठामा समेत राजतन्त्रका सपना देख्न डराएकाहरू सडकमै ओर्लिएका छन् र सडकबाटै राजतन्त्र पुनस्थापनाको चुनौती दिन थालेका छन्,' उनले भने। 

    पछिल्ला ८ महिनामा सत्तामा रहेका पार्टीहरूले प्रदर्शन गरेका शासकीय शैली र त्यसबाट उत्पन्न असन्तोष नै मूल कारण हो भन्ने बुझ्न कठिनाइ नभएको प्रचण्डले बताए। 

    images
    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij