बुधबार, असार ४ गते २०८२ Jun 18 2025 Wednesday
images
images

सुदूरपश्चिमका रिक्त राजनीतिक पदमा तत्काल नियुक्त गर्न कांग्रेस–एमाले सहमत  


  • 244
    SHARES
  • https://indrenipost.com/posts/8323
    फागुन २९, २०८१ बिहीबार
    सुदूरपश्चिमका रिक्त राजनीतिक पदमा तत्काल नियुक्त गर्न कांग्रेस–एमाले सहमत  

    काठमाडौं । सुदूरपश्चिम प्रदेशमा कार्यकाल सकिन लागेका पदहरूमा तत्काल नियुक्ति गर्न सत्ता साझेदार दल नेपाली कांग्रेस र नेकपा एमाले सहमत भएका छन् । मुख्यमन्त्री कमलबहादुर शाहको सरकारी निवासमा बसेको सत्ता गठबन्धनको प्रदेशस्तरीय राजनीतिक संयन्त्रको बैठकमा राजनीतिक नियुक्तिका पदमा तत्काल नियुक्ति गर्ने बारे दुबै दल सहमत भएका हुन् ।

    दुबै दलका प्रदेश तहका शीर्ष नेताहरू सहभागि बैठकले भागबण्डाको आधारमा तत्काल पदपूर्तिका लागि सहमत भएका छन् । त्यसको खाका बनाउने जिम्मा मुख्यमन्त्री कमलबहादुर शाह र पूर्व मुख्यमन्त्री समेत रहेका नेकपा एमाले संसदीय दलका नेता राजेन्द्रसिंह रावललाई दिइएको छ ।

    नेपाली कांग्रेस सुदूरपश्चिमका सभापति वीरबहादुर बलायरको अध्यक्षतामा बसेको प्रदेशस्तरीय राजनीतिक संयन्त्रको बैठकमा एमालेका केन्द्रीय सचिव तथा सुदूरपश्चिम इन्चार्ज लेखराज भट्टलाई समेत बोलाइएको थियो ।

    बैठकमा एमालेका प्रदेश अध्यक्ष कृष्णप्रसाद जैशी, मुख्यमन्त्री कमलबहादुर शाह, एमाले संसदीय दलका नेता राजेन्द्रसिंह रावल लगायतका नेताहरू सहभागी थिए । सुदूरपश्चिममा राजनीतिक भागबण्डाका आधारमा नियुक्त गरिने प्रादेशिक अस्पतालका अध्यक्षहरूको कार्यकाल सकिन केही समय मात्र बाँकी छ । यस्तै, प्रदेश खेलकुद परिषद्, युवा परिषद्, पर्यटन विकास बोर्ड र प्रज्ञा प्रतिष्ठानमा पनि पदहरू रिक्त हुँदैछन् । ती सबै पदहरूमा सत्ता गठबन्धनमा सहभागी कांग्रेस एमालेले सहमतिका आधारमा राजनीतिक नियुक्तिका पदहरूमा भागबण्डा गर्नेछ ।

    प्रदेशस्तरीय राजनीतिक संयन्त्रको बैठकमा प्रदेश सरकारका काम कारवाही थप प्रभावकारी बनाउने विषयमा गहन छलफल भएको बैठकमा सहभागी एमाले प्रदेश अध्यक्ष कृष्णप्रसाद जैशीले जानकारी दिए । जैशीका अनुसार जनताको अपेक्षा र प्राथमिकताका आधारमा आगामी आर्थिक वर्षको बजेट तयार गर्ने लगायतका विषयमा छलफल भएको छ । राजनीतिक नियुक्तिका विषयलाई लिएर गठबन्धनमा खटपट नहोस् भन्नका लागि बुधवारको छलफल आयोजना गरिएको हो ।

    कार्यक्रमको अध्यक्षता ग्रहण गरेका कांग्रेस प्रदेश सभापति वीरबहादुर बलायरले सरकार सञ्चालन गर्दा केही समस्या आए संयन्त्रको बैठकबाट टुङ्गो लगाउनु पर्ने धारणा राखे । संसद् विकास कोष  खारेज गर्नुपर्नेमा प्रदेश सभापति   बलायरको जोड थियो ।

    images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij