बुधबार, असार ४ गते २०८२ Jun 18 2025 Wednesday
images
images

युगाण्डासँग हारेसँगै नेपाल फाइनलको दौडबाट बाहिर 


  • 226
    SHARES
  • https://indrenipost.com/posts/8325
    फागुन २९, २०८१ बिहीबार
    युगाण्डासँग हारेसँगै नेपाल फाइनलको दौडबाट बाहिर 

    काठमाडौँ । नेपालले जारी चार देशीय सिरिजमा चौथो हार बेहोरेको छ ।  विहिबार नेपाल युगाण्डासँग ४० रनले पराजित भएसँगै सिरिजमा चौथो हार बेहोरेको हो । 
    युगाण्डाले दिएको ९२ रनको लक्ष्य पछाएको नेपालले १७।१ ओभरमा अल आउट हुदै ५१ रन मात्र बनाएको थियो ।
    नेपालका लागि कबिता जोशीले १२ र इन्दु बर्माले ११ रन बनाएका थिए । यसअघि टस जितेर पहिला ब्याटिंग गर्ने निर्णय गरेको युगाण्डाले २० ओभरमा ५ विकेट गुमाउदै ९१ रन बनाएको थियो । 

    युगाण्डाका लागि रिताह मुसमालीले सर्बाधिक ३८ र एसथर इलोकुले २२ रन बनाएकी थिइन् । त्यस्तै नेपाली बलर रिया श्रेष्ठले २ विकेट लिएकी थिइन् भने इश्वरी विष्ट, पुजा महतो र रुबिना क्षेत्रीले एक एक विकेट लिएका थिए । यो हारसँगै नेपालको फाइनलको सम्भावना समाप्त भएको छ । नेपालले ५ खेलमा ४ हार र एक जित हासिल गरेको छ । नेपालले यस अघि नामिबियासँग दुवै पटक तथा हङकङ र युगाण्डासँग एक एक खेलमा हार बेहोरेको थियो । त्यस्तै आयोजक युगाण्डालाई एक खेलमा पराजित गरेको थियो ।

    यो खेलपछि अब नेपालले मार्च १४ मा हङकङविरुद्ध खेल्ने तालिका रहेको छ । त्यसपछि मार्च १६ मा अंक तालिकामा पहिलो र दोस्रो हुने तथा तेस्रो र चौथो हुने देशबीच खेल हुने तालिका रहेको छ । 

    images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij