बुधबार, असार ४ गते २०८२ Jun 18 2025 Wednesday
images
images

माओवादीले जाजरकोटका पाँच स्थानीयतहको अधिवेसन सम्पन्न गर्यो 


  • 7.9K
    SHARES
  • https://indrenipost.com/posts/8327
    फागुन २९, २०८१ बिहीबार
    माओवादीले जाजरकोटका पाँच स्थानीयतहको अधिवेसन सम्पन्न गर्यो 

     
    काठमाडौं । नेकपा माओवादी केन्द्रले जाजरकोटका कुल सात स्थानीयतहमध्ये पाँच स्थानीयतहको अधिवेसन पुरा गरेको छ । पार्टीको जागरण अभियानसँगै सुरु भएको पालिका अधिवेसन गर्नेक्रममा जाजरकोटमा समेत अन्तिम चरणमा पुगेको हो ।

    जाजरकोटका सबै स्थानीयतहको हप्तादिनभित्र अधिवेसन पुरा हुने माओवादी केन्द्रका केन्द्रीय सदस्य एवंम् युवा नेता रामदीप आचार्यले जानकारी दिए । अहिलेसम्म नलगाढ नगरपालिका, भेरी नगरपालिका, बाँरेकोट गाउँपालिका, कुशे गाउँपालिका र जुनीचाँदे गाउँपालिका गाउँपालिकाको अधिवेसन पुरा भई नेतृत्व चयन भएको उनले बताए । छेडागाढ नगरपालिका र शिवालय गाउँपालिकाको हस्तादिनभित्र अधिवेसन पुरा भई नेतृत्व चयन भई सक्ने उनको भनाई छ । 

    ‘पालिका अधिवेसन खबरदारी सभा अत्यन्तै प्रभावकारी भएका छन् । पार्टी संगठन एक ढिक्का भएको छ’ उनले भने,‘अरु पार्टीबाट नेता कार्यकर्ताको आकर्षण बढ्दो छ । अरु पार्टीबाट हाम्रो पार्टीमा प्रवेश गर्नेको लहर छ । पार्टीभित्र निष्क्रिय भएका कमरेडहरु सक्रिय भएर पार्टीमा जोडिनुभएका भएको छ ।’ पार्टी सरकारमा गएर राम्रो काम गर्दा त्यसको प्रभाव स्थानीय जनतामा समेत परेकाले संगठन निर्माण गर्न  सहयोग पुगेको आचार्यको भनाई छ । 
    कुन पालिका कसको नेतृत्व 
    नलगाढ नगरपालिका अध्यक्षमा बुद्धिबहादुर गुरुङ, उपाध्यक्षमात्रय प्रचण्ड वली, जनक शाही र  बीरबहादुर खड्का चयन भएका छन् ।  सचिवमा दीपक नेपाली, सहसचिवमा सुरेश विश्वकर्मा र कोषाध्यक्षमा रुपा ध्यार सहित ४७ सदस्यीय कमिटी चयन भएको छ । यस्तै भेरी नगरपालिका अध्यक्षमा दिपक बस्नेत, उपाध्यक्षत्रयमा भिबहादुर खत्री, लक्षुदेवी जैसी र  रङ्गविर नेपाली चयन भएका छन् । सचिवमा दिपक खत्री सहसचिवमा शम्भु मल्ल , कोषाध्यक्षमा तिलकबहादुर वली सहित ४७ सदस्यीय कमिटी गठन भएको छ । 
    यस्तै कुशे गाउँपालिका अध्यक्षमा हरिचन्द्र जैसी, उपाध्यक्षत्रयमा विकास रोकाया, गोरखाबहादुर नेपाली र प्रेमजंग शाही चयन भएका छन् ।  सचिवमा चन्द्रिका रोकाया, सहसचिवमा धनबादुर सिंह, कोषाध्यक्षमा गोरखबहादुर सिंह सहित ४५ सदस्यीय कमिटी चयन भएको छ । यस्तै जुनिचाँदे गाउँपालिका अध्यक्षमा जयबहादुर घर्ती, उपाध्यक्षत्रयमा भिबहादुर बस्नेत, अम्बिका खड्का, र धर्मराज बस्नेत चयन भएका छन् । सचिवमा सार्की रावत सहसचिवमा कालीबहादुर शाही, कोषाध्यक्षमा विमला शाही सहित ४५ सदस्य कमिटी चयन भएको छ ।

    यस्तै बारेकोट गाउँपालिका अध्यक्षमा धनबहादुर नेपाली, उपाध्यक्षत्रयमा बसन्त शाही, धनबहादुर बोहरा र रतन विक चयन भएका छन् । सचिवमा दलबहादर बुढा,सहसचिवमा धुर्व शर्मा,कोषाध्यक्षमा पवित्रा रावत बोहरा सहित ४५ सदस्यीय कमिटी चयन भएको छ । अहिलेसम्म चयन भएका स्थानीय तहको नेतृत्व चयन सर्वसम्मत रुपमा भएको केन्द्रीय सदस्य आचार्यले बताए । 

    images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij