बुधबार, असार ४ गते २०८२ Jun 18 2025 Wednesday
images
images

चैत १५ गते वृहत् जनसभा गर्ने समाजवादी मोर्चाको निर्णय


  • 1.3K
    SHARES
  • https://indrenipost.com/posts/8333
    चैत १, २०८१ शुक्रबार
    चैत १५ गते वृहत् जनसभा गर्ने समाजवादी मोर्चाको निर्णय

    काठमाडौं । विपक्षी चार   दलको समाजवादी  मोर्चाले चैत १५ गते राजधानी काठमाडौंमा वृहत् जनसभाको आयोजना गर्ने भएको छ ।

    आज बसेको समाजवादी मोर्चाको बैठकले १५ गतेको जनसभालाई वृहत् बनाउने निर्णय भएको बैठकमा सहभागी नेता खड्गबहादुर विश्वकर्मा प्रकाण्डले बताए । पछिल्लो समय राजावादी शक्तिले प्रदर्शन गरेर परिवर्तनलाई उल्ट्याउन खोजेको भन्दै मोर्चाले सडकमा जाने निर्णय गरेको हो ।

    मोर्चामा माओवादी केन्द्र सहित नेकपा एकीकृत समाजवादी, नेत्रविक्रम चन्द नेतृत्वको नेकपा र महेन्द्र यादव नेतृत्वको नेपाल समाजवादी पार्टी रहेका छन् । 
     

    images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij