बुधबार, असार ४ गते २०८२ Jun 18 2025 Wednesday
images
images

प्रचण्डलाई ज्ञानेन्द्र शाहीले चुनौति दिँदै भने, ‘भट्किला झुठा भाषण गर्दै हिडेमा जनताले माफी दिने छैनन्’


  • 1.7K
    SHARES
  • https://indrenipost.com/posts/8335
    चैत १, २०८१ शुक्रबार
    प्रचण्डलाई ज्ञानेन्द्र शाहीले चुनौति दिँदै भने, ‘भट्किला झुठा भाषण गर्दै हिडेमा जनताले माफी दिने छैनन्’

    काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का प्रवक्ता एवं सांसद  ज्ञानेन्द्र शाहीले विदेशीको इसारामा तत्कालीन सरकार र तत्कालीन विद्रोही माओवादीले मिलेर वीरेन्द्रको वंश नाश गरेको आरोप लगाएका छन् । 

    शुक्रबार सिन्धुपाल्चोक पुगेका माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पूर्वराजा ज्ञानेन्द्र शाहलाई मूर्ति चोर, सुन तस्कर र आफ्नै वंशको नास गर्ने ‘भाइमारा’ को आरोप लगाएपछि त्यसको सामाजिक सञ्जालमार्फत जवाफ दिदै शाहीले भट्किला झुठा भाषण गर्दै हिडेमा प्रचण्डलाई नेपाली जनताले माफी नदिने चेतावनी दिएका छन् ।

    उनले भनेका छन्( ‘‘भारतमा लुकेर राजनीतिक रूपमा भड्काएर १७ हजार नेपाली निमुखा गरिबका छोराछोरी कसले मार्यो तपाईँले मार्यो ? निहत्या नागरिकलाई बाटोबाटोमा बम ठाप्दै कसले हत्या गर्यो ? तपाईंले गर्यो ।विदेशीको इशारामा मन्दिरका ,गुम्बाका  पुजारी,लामालाई कसले घाँटी रेटयो ?  तपाईँले रेटयो । ३३ किलो सुन तस्कर कसले गर्यो ?  तपाईंले गर्यो । क्यान्टोनमेन्ट घोटाला कसले गर्यो ?  तपाईंले गर्यो । सिधा भाषामा भन्दा बिदेशीको इसारामा  प्रचण्डजी तपाईं र तत्कालीन सरकार मिलेर राजा वीरेन्द्रको वंशनाश गर्यौ ।  तर यस्तै भट्किला झुठा भाषण गर्दै हिँड्यौ भने  प्रचण्डजी नेपाली जनताले तपाईंलाई माफी दिने छैनन् । त्यसैले भन्छु नविनतम सम्झौतामा आउनुस् विदेशीको गुलाम जति गर्नुभयो गरिसक्नु भो अब देशका लागि केही काम गर्नुस् ।’

     

    images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij