बुधबार, असार ४ गते २०८२ Jun 18 2025 Wednesday
images
images

सहरी विकास मन्त्रीले भने, ‘पूर्वविशिष्टलाई आजीवन सुविधा दिने सरकारको तयारी छैन’ 


  • 352
    SHARES
  • https://indrenipost.com/posts/8340
    चैत २, २०८१ शनिबार
    सहरी विकास मन्त्रीले भने, ‘पूर्वविशिष्टलाई आजीवन सुविधा दिने सरकारको तयारी  छैन’ 

    काठमाडौं । नेपाली कांग्रेसका नेता एवंम् उपप्रधानमन्त्री एवं सहरी विकासमन्त्री प्रकाशमान सिंहले सरकारले पूर्वविशिष्टहरूलाई आजीवन सुविधा दिन लागेको भन्दै अनर्गल प्रचार फैलाइएको बताएका छन् ।  नेपाली कांग्रेसको पाल्पा जिल्ला कार्यसमितिले आयोजना गरेको कार्यक्रममा बोल्दै उपप्रधानमन्त्री सिंहले  सरकारमै भएपनि पूर्वविशिष्टहरूलाई आजीवन सुविधा दिन लागेकोबारे केही जानकारी नभएको बताए । उनले पहिलेका कुनै सरकारले वर्कआउट गरेको कुरा अहिले प्रचारमा ल्याएर सत्तारुढ दलहरूलाई अप्ठ्यारोमा पार्न खोजिएको समेत बताए । 

     उनले भने ‘राष्ट्रपति बनिसकेका, प्रधानमन्त्री बनिसकेका पूर्वहरुलाई राज्यले आजीवन सुविधा दिन लागेको छ भनेर आइराखेको छ । अहिले हामी पनि सरकारमा छौँ, तर हामीलाई केही थाहा छैन । कुन सरकारले के आवश्यक परेर यसमा वर्कआउट गरेको होला रु अहिले ल्याएर राखिदिएपछि दलहरूलाई अप्ठ्यारोमा पार्ने हुन्छ । अनर्गल प्रचारको सिकार बन्नुभन्दा यसमा हामीले सोच्दाखेरि राम्रो हुन्छ भन्ने मलाई लाछ ।’
     
    उनले भ्रमपूर्ण र अनर्गल प्रचारको पछि नलाग्न समेत सबैमा आग्रह गरे । 

     

    images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij