बुधबार, असार ४ गते २०८२ Jun 18 2025 Wednesday
images
images

रिहा भए प्रचण्डको तस्बिर जलाउने राप्रपा नेता


  • 235
    SHARES
  • https://indrenipost.com/posts/8360
    चैत ३, २०८१ आइतबार
    रिहा भए प्रचण्डको तस्बिर जलाउने राप्रपा नेता

    काठमाडौं । पूर्वप्रधानमन्त्री तथा प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको तस्बिर जलाएको आरोपमा पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टी (राप्रपा) नेता निराजन बम रिहा भएका छन् ।

    चितवनबाट आइतबार पक्राउ परेका उनलाई जिल्ला प्रहरी कार्यालय मकवानपुर लगिएको थियो । उनलाई आइतबार साँझ प्रहरीले रिहा गरेको हो ।

    उनलाई जिल्ला प्रशासन कार्यालय मकवानपुरमा नेकपा माओवादी र राप्रपाका नेताहरूलाई राखेर समन्वय गरी छाडिएको हो । बमको रिहाइका लागि राप्रपा मकवानपुरका कार्यबाहक अध्यक्ष सागर थापा र नेकपा माओवादी केन्द्रका मकवानपुर संयोजक भीम पाख्रिन तथा नेता प्रेमबहादुर पुलामीबीच सहमति भएको थियो ।

    रिहाइलगत्तै बमलाई हेटौँडा २ स्थित राप्रपा कार्यालयमा खादा माला लगाएर स्वागत गरिएको थियो ।

    images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij