बुधबार, असार ४ गते २०८२ Jun 18 2025 Wednesday
images
images

राजावादी सल्वलाएपछि प्रचण्डले ओली र देउवालाई भने गणतन्त्र पक्षधर मिलौँ

  • 1.8K
    SHARES
  • https://indrenipost.com/posts/8368
    चैत ४, २०८१ सोमबार
    राजावादी सल्वलाएपछि प्रचण्डले ओली र देउवालाई भने गणतन्त्र पक्षधर मिलौँ

    काठमाडौँ । पूर्वप्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले गणतन्त्र पक्षधर मिल्नुपर्ने प्रस्ताव गरेका छन् । 

    प्रधानमन्त्री तथा नेकपा९एमाले०का अध्यक्ष केपी ओली र पूर्वप्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँगको अनौपचारिक संवादमा प्रचण्डले मिलेर अघि बढ्नेबारे प्रस्ताव गरेका हुन् ।


    गणतन्त्रविरुद्ध राजावादी शक्तिहरूले षड्यन्त्र गरिरहेकाले त्यसलाई असफल बनाउन ओली र देउवासँग विभिन्न ढंगले संवाद अगाडि बढाइएको प्रचण्डका स्वकीय सचिव गोविन्द आचार्यले बताए । तर तीन नेताबिच प्रत्यक्ष भेटघाट भने नभएको उनले स्पष्ट पारे । 

    ‘प्रतिगामीहरू सलबलाएका कारण व्यवस्थामाथि नै खतरा उत्पन्न भएकाले गणतन्त्रका पक्षधर एक हुनुपर्ने कुरा गर्नुभएको हो । सरकारमा जाने वा अन्य विषयमा कुनै कुरा भएकै छैन । माओवादी सरकारमा जाने हल्ला निराधार हो’, आचार्यले सोमबार रातोपाटीसँग भने । 

    आचार्यले केही दिनअघि प्रधानमन्त्री ओलीका विज्ञ सल्लाकार अग्नि खरेल प्रचण्ड निवास खुमलटारमा भेटवार्ता गर्न आएको समेत स्वीकार गरे । 

    फागुन ७ गते प्रजातन्त्र दिवसको अवसरमा पूर्वराजा ज्ञानेन्द्र शाहले दिएको अभिव्यक्ति र फागुन २५ गते स्वागतका लागि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा राजावादीहरूको सहभागिताबारे माओवादीले गम्भीर समीक्षा गरेको छ ।

    यसअघि नेकपा माओवादी केन्द्रका सांसद लेखनाथ दाहालले गणतन्त्र पक्षधरको सरकार बन्ने सम्भावनाको ढोका खुलेको बताएका थिए । 

    आइतबार संसद् भवन बानेश्वरमा सञ्चारकर्मीसँग कुरा गर्दै सांसद दाहालले अहिले सडक भन्दा पनि सरकारमा समस्या देखिएको भन्दै त्यसलाई निरुत्साहित गर्नका लागि गणतन्त्र पक्षधरको सरकार बन्ने सम्भावनाको ढोका खुलेको बताएका थिए । 

    यसका लागि प्रारम्भिक छलफल समेत सुरु भइसकेको उनले दाबी गरेका थिए । 

    images
    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij