बुधबार, असार ४ गते २०८२ Jun 18 2025 Wednesday
images
images

विप्लवले भने,  ‘राजावादीको सक्रियताको पछाडि अन्तर्राष्ट्रिय शक्तिको चलखेल देखियो’


  • 1.5K
    SHARES
  • https://indrenipost.com/posts/8382
    चैत ५, २०८१ मंगलबार
    विप्लवले भने,  ‘राजावादीको सक्रियताको पछाडि अन्तर्राष्ट्रिय शक्तिको चलखेल देखियो’

    काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले राजावादीहरूको दौडको पछाडि अन्तर्राष्ट्रिय शक्तिहरूको स्वार्थको चलखेल भएको आशंका व्यक्त गरेका छन्। झापा पुगेका महासचिव ‘विप्लव’ले पत्रकारहरूसँग कुरा गर्दै नेपालमा ठुलो दुर्घटनाको खतरा रहेको बताए। यद्यपि, उनले अहिले जनता गणतन्त्रबाट फर्किहाल्ने मुडमा नदेखिएको बताएका छन्।

    उनले भने, ‘केही चार पाँच जना नेताहरूबाटै देश घुमिरहने स्थितिबाट मुक्त हुनुपर्‍यो। यो ०४६ सालपछि तीनै अनुहारहरू घुमाइरहेका छन्। तिनीहरूले नयाँ नीति पनि दिन नसक्ने, नयाँ नेतृत्व पनि दिन नसक्ने हुँदा असन्तुष्टि बढेको छ। संविधानमा पनि अपूर्णता छ। शासकीय प्रणालीहरू नै स्थिर छैनन्, अहिले चलिरहेको अस्थिर संसदीय प्रणालीबाट जनता निराश भएका छन्, दोस्रो अन्तर्राष्ट्रिय शक्तिहरूले हाम्रो भूराजनीतिमा चलखेल गर्दा खेरी राजतन्त्रको विषय प्रखर भएर आएको जस्तो देखेका छौँ। तर त्यो सहज छैन।’

    उनले राजतन्त्र फर्किने राजनीतिक रूपमा औचित्य पुष्टि हुने आधार नदेखेको बताए। उनले थपे,’राजतन्त्र फर्किने राजनीतिक रूपमा औचित्य पुष्टि हुने आधार देखेका छैनन्। राजतन्त्र आयो भने त्यसले के दिने त रु राष्ट्रपतिको ठाउँमा राजा भए मात्रै पुगिहाल्ने हो रु या नेपालको जनताको असन्तुष्टि सम्बोधन गर्ने कुनै कार्यक्रम छैन। त्यसै कुदिराखेको देख्छौँ। यसको पछाडि अन्तर्राष्ट्रिय शक्तिहरूको आफ्नो स्वार्थ पूरा गर्ने चलखेल छ। त्यो गम्भीर छ। ठुलो दुर्घटनाको खतरा पनि देखेका छौँ।’

    उनले अब गणतन्त्रवादीहरुबीच मात्रै नभएर संसदमा रहेका र संसद भन्दा बाहिर रहेका सबैसँग विमर्श आवश्यक रहेको बताएका छन्।

    images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij