काठमाडौं। नेकपा (माओवादी केन्द्र) का उपमहासचिव एवं प्रतिनिधि सभा सदस्य जनार्दन शर्मा प्रभाकरले वंशनाससँगै अन्त्य भएको राजतन्त्र फेरि नफर्किने बताएका छन् ।बुधबार प्रतिनिधि सभाको बैठकलाई सम्बोधन गर्दै उपमहासचिव शर्माले सार्वभौम भइसकेका जनताले फेरि राजतन्त्र ल्याउने मुर्खता नगर्ने बताए ।
शर्माले बरु नेता र नेतृत्वमा रहेको राजतन्त्रात्मक सोच, शैली, प्रवृत्ति र व्यवहारको अन्त्य हुन जरुरी रहेको बताए ।
आफूलाई राजतन्त्र फर्किन्छ भन्ने डर नरहेको, केवल नेता र नेतृत्वहरुले आ–आफ्नो कमीकमजोरीहरु स्विकार गरेर सच्चिन सक्छन् कि सक्दैनन् भन्नेमात्रै डर रहेको शर्माले बताए ।
पछिल्लो समय राजा ल्याउने नाममा राजावादीले आन्दोलन जारी राखेपछि शर्माले राजतन्त्र फर्काउने कल्पना नगर्न उनले आग्रह गरे ।