शुक्रबार, साउन २३ गते २०८२ Aug 08 2025 Friday
images
images

स्वावियु निर्वाचनमा अखिल क्रान्तिकारीको पक्षमा देखिएको लहर उत्साहप्रद : प्रचण्ड

  • 1.7K
    SHARES
  • https://indrenipost.com/posts/8402
    चैत ७, २०८१ बिहीबार
    स्वावियु निर्वाचनमा अखिल क्रान्तिकारीको पक्षमा देखिएको लहर उत्साहप्रद : प्रचण्ड

    काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले स्वावियु निर्वाचनमा अखिल क्रान्तिकारीको पक्षमा उत्साहप्रद लहर देखिएको बताएका छन् । 

    बिहीबार बिहान सामाजिक सञ्जाल फेसबुकमार्फत स्ववियुमा विजयी सबै विद्यार्थीलाई बधाई तथा शुभकामना व्यक्त गर्दै प्रचण्डले यस्तो बताएका हुन् । 

    उनले  देशभर प्राप्त नतिजाले भ्रष्टाचार र बेथितिका बिरुद्धको पार्टीको अभियानमा सचेत एवं बौद्धिक युवा वर्ग  साथमा रहेको थप पुष्टि भएको बताएका छन् । 

    ‘भर्खरै सम्पन्न स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनमा हाम्रो पार्टी निकट अखिल ९क्रान्तिकारी०को पक्षमा देखिएको लहर निकै उत्साहप्रद  छ’, प्रचण्डले भनेका छन्, ‘कयौं क्याम्पसमा सत्ता गठबन्धनलाई समेत पराजित गर्दै देशभर प्राप्त नतिजाले भ्रष्टाचार र बेथितिका बिरुद्धको हाम्रो अभियानमा आजका सचेत एवं बौद्धिक युवा वर्ग  साथमा रहेको थप पुष्टि भएको छ।’

    images
    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij