काठमाडौँ । नेकपा माओवादी केन्द्रको जाजरकोट जिल्लाका सात वटै पालिकाको अधिवेशन तथा खबरदारी सभा भव्य रूपमा सम्पन्न भएको छ । जाजरकोटका सात स्थानीय तहको अधिवेशन गत पुस १६ गते सुरु भई चैत ७ गते सम्पन्न भएका थिए ।
जाजरकोटका तीन नगरपालिका सहित चार गाउँपालिका गरी सात स्थानीय तहको अधिवेशन स्थानीय जनसहभागितामा भव्य रूपमा सम्पन्न भएको पार्टी केन्द्रीय सदस्य एव्म युवा नेता रामदिप आचार्यले जानकारी दिए । ‘जनता र कार्यकर्तामा जागरण देखियो । संगठन सुदृढ व्यवस्थित हुँदै गएको छ । पार्टीभित्रका अन्तर विरोध समाधान हुँदै गएका छन्’ उनले भने, ‘आगामी निर्वाचनमा पार्टी एक्लै चुनाव लड्ने गरी आफ्नै खुट्टामा उभिने आधार बन्दै गएको छ ।’ यस अधिवेशनमा पुराना र निष्क्रिय पार्टीका नेता कार्यकर्ता सक्रिय भई सहभागिता जनाएको नेता आचार्यले बताए । तर, पार्टी नेता कार्यकर्ताले जनतासँग नियमित जनसम्बन्ध कायम गर्न सुझाव दिएको उनले बताए ।
कुन पालिका कसको नेतृत्व
छेडागाड नगरपालिका अध्यक्ष प्रेमबहादुर खत्री, उपाध्यक्ष त्रय धनबहादुर थापा,पद्मबहादुर पुन र लक्ष्मण खत्री सर्वसम्मत रूपमा चयन भएका छनु । सोही नगरपालिका सचिवमा भद्रबहादुर सिंह, सहसचिव दिलबहादुर खत्री, कोषाध्यक्षमा मालिका खड्का सहित ४५ सदस्यीय कमिटी चयन भएको आचार्यले बताए । नलगाड नगरपालिका अध्यक्षमा बुद्धिबहादुर गुरुङ, उपाध्यक्षमात्रय प्रचण्ड वली, जनक शाही र वीर बहादुर खड्का चयन भएका छन् । सचिवमा दीपक नेपाली, सहसचिवमा सुरेश विश्वकर्मा र कोषाध्यक्षमा रुपा ध्यार सहित ४७ सदस्यीय कमिटी चयन भएको छ ।
यस्तै भेरी नगरपालिका अध्यक्षमा दीपक बस्नेत, उपाध्यक्ष त्रयमा भिमबहादुर खत्री, लक्षुदेवी जैसी र रङ्गविर नेपाली चयन भएका छन् । सचिवमा दीपक खत्री सहसचिवमा शम्भु मल्ल , कोषाध्यक्षमा तिलकबहादुर वली सहित ४७ सदस्यीय कमिटी गठन भएको छ ।
यस्तै कुशे गाउँपालिका अध्यक्षमा हरिचन्द्र जैसी, उपाध्यक्ष त्रयमा विकास रोकाया, गोरखाबहादुर नेपाली र प्रेमजंग शाही चयन भएका छन् । सचिवमा चन्द्रिका रोकाया, सहसचिवमा धनबहादुर सिंह, कोषाध्यक्षमा गोरखबहादुर सिंह सहित ४५ सदस्यीय कमिटी चयन भएको छ । यस्तै जुनिचाँदे गाउँपालिका अध्यक्षमा जयबहादुर घर्ती, उपाध्यक्ष त्रयमा भिबहादुर बस्नेत, अम्बिका खड्का, र धर्मराज बस्नेत चयन भएका छन् । सचिवमा सार्की रावत सहसचिवमा कालीबहादुर शाही, कोषाध्यक्षमा विमला शाही सहित ४५ सदस्य कमिटी चयन भएको छ ।
यस्तै शिवालय गाउँपालिका अध्यक्षमा मानबहादुर पुन, उपाध्यक्ष त्रय प्रेमबहादुर बस्नेत, पर्साराम शर्मा, मनबहादुर भण्डारी सर्वसम्मत रूपमा चयन भएको आचार्यले बताए सोही पालिका सचिवमा लोकेन्द्र राना, सहसचिवमा इन्द्र अधिकारी, कोषाध्यक्ष मनीषा थापा सहित ३५ सदस्यीय कमिटी चयन भएको छ ।
यस्तै बारेकोट गाउँपालिका अध्यक्षमा धनबहादुर नेपाली, उपाध्यक्ष त्रयमा वसन्त शाही, धनबहादुर बोहरा र रतन विक चयन भएका छन् । सचिवमा दलबहादुर बुढा,सहसचिवमा धुर्व शर्मा,कोषाध्यक्षमा पवित्रा रावत बोहरा सहित ४५ सदस्यीय कमिटी चयन भएको छ । अहिलेसम्म चयन भएका स्थानीय तहको नेतृत्व चयन सर्वसम्मत रूपमा भएको केन्द्रीय सदस्य आचार्यले बताए ।