बुधबार, असार ४ गते २०८२ Jun 18 2025 Wednesday
images
images

दिल्लीबाट फर्किएकी परराष्ट्रमन्त्रीले के सन्देश ल्याइन ?


  • 262
    SHARES
  • https://indrenipost.com/posts/8423
    चैत ८, २०८१ शुक्रबार
    दिल्लीबाट फर्किएकी परराष्ट्रमन्त्रीले के सन्देश ल्याइन ?

    काठमाडौँ । परराष्ट्र मन्त्री आरजु देउवा राणा भारत भ्रमण सकेर स्वदेश फर्किएकी छन् । उनी नियमित स्वास्थ्य जाँच, तीर्थस्थल भ्रमण तथा रायसिना डायलगमा भाग लिन फागुन २६ गते त्यसतर्फ गएर शुक्रवार स्वदेश फर्किएकी हुन् ।

    भारत भ्रमणका क्रममा राणाले भारतीय समकक्षी डा।एस जयशंकर, माल्दोभाका उपप्रधानमन्त्री, जर्जिया, युक्रेन र फिलिपिन्सका मन्त्रीहरु लगायतसँग छुट्टाछुट्टै भेटवार्ता गरेकी थिइन् । त्यसक्रममा जयशंकरसँगको भेटमा नेपाल र भारतबिचमा रहेका दुई पक्षीय संयन्त्रका बैठकहरूमा भएका प्रगतिको समीक्षा भएको परराष्ट्र मन्त्री राणाले जानकारी दिइन् । त्यस्तै भेटमा नेपालमा आपूर्ति विद्युत् परिणाम बढाउन आग्रह गरेको पनि मन्त्री राणाको भनाइ छ ।

    भारत भ्रमणमा रहँदा मन्त्री राणाले अमेरिकाका राष्ट्रिय सुरक्षा परिषद्का वरिष्ठ निर्देशक रिक्की गेलसँगको भेटमा अमेरिकाले नेपाललाई दिँदै आएको आवश्यक सहयोगको निरन्तरताका लागि आग्रह गरेकी थिइन् ।

    त्यसक्रममा हमासले बन्धक बनाएका विपिन जोशीको रिहा तथा एमसीसीबारे पनि कुराकानी भएको मन्त्री राणाले जानकार दिँदै युक्रेनी समकक्षीसँगको भेटमा उक्त देशमा बन्दीका रूपमा रहेका सात जना नेपाली नागरिकलाई रिहाइ र स्वदेश फिर्ताका लागि आग्रह गरेकी थिइन् ।

    images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij