शुक्रबार, साउन २३ गते २०८२ Aug 08 2025 Friday
images
images

राप्रपाका प्रवक्ता अधिकारीको निधन  


  • 397
    SHARES
  • https://indrenipost.com/posts/8424
    चैत ८, २०८१ शुक्रबार
    राप्रपाका प्रवक्ता अधिकारीको निधन  

    काठमाडौँ । राप्रपा नेपालका प्रवक्ता बसन्तमान सिंह अधिकारिको संयुक्त अधिराज्य अमेरिकामा उपचारका क्रममा निधन भएको छ । जन्डिस देखिएपछि अस्पताल भर्ना भएका अधिकारीको लिभरमा समस्या आएपछि उपचारकै क्रममा निधन भएको हो । 
     
    प्रखर राष्ट्रबादी ब्यक्तित्व अधिकारीको निधनले सिङ्गो पार्टी र राष्ट्रबादी आन्दोलनलाई अपुरणिय क्षती पुगेको राप्रपा नेता मोहन श्रेष्ठले बताए ।एक असल, भद्र तथा इमानदार ब्यक्तित्वको परिचय स्थापित गरेका अधिकारिको जन्म २०१३ सालमा संखुवासभामा भएको थियो ।  उनले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्, ‘बसन्त दाइ राप्रपा नेपालका प्रवक्ता हुनुहुन्थ्यो । विगतमा हामीले लामो सहकार्य ग¥यौं । बसन्त दाइको निधनबाट राप्रपा नेपाललाई मात्रै होइन नेपालको राष्ट्रवादी आन्दोलनलाई समेत ठूलो क्षति पुगेको छ। तपाईको आत्माले शान्ति पाओस्– सधैं सम्झिरहनेछौं बसन्त दाइ। तपाईको स्वर्गमा बास होस् ।’ अधिकारीको निधनले पार्टीलाई अत्यन्तै क्षति पु¥याएको नेता श्रेष्ठले बताए । 

     अधिकारीको निधनमा दुख प्रकट गर्दै पार्टीले केन्द्रिय कार्यालयका साथै देशभरका कार्यालयमा ३ दिन पार्टीको झन्डा झुकाउने र १३औं दिनमा शोक सभा आयोजना गर्ने निर्णय गरेको छ ।  

    images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij