बुधबार, असार ४ गते २०८२ Jun 18 2025 Wednesday
images
images

नागरिक उन्मुक्तिको केन्द्रीय समिति बैठक बस्दै 


  • 271
    SHARES
  • https://indrenipost.com/posts/8428
    चैत ९, २०८१ शनिबार
    नागरिक उन्मुक्तिको केन्द्रीय समिति बैठक बस्दै 

    काठमाडौं । नागरिक उन्मुक्ति पार्टीको केन्द्रीय समिति बैठक आज पनि जारी रहने भएको छ। प्रथम महाधिवेशन सम्पन्न भए पछि हिजोबाट सुरू भएको पहिलो केन्द्रीय समिति बैठक आज पनि जारी रहने भएको हो ।
     
    मध्य बानेश्वरस्थित सनराइज क्याफेमा बसेको बैठकमा संरक्षक रेशमलाल चौधरी, अध्यक्ष रञ्जिता श्रेष्ठलगायत समसमायिक राजनीतिक बिषय र अन्य पार्टीसँगको एकीकरण र मोर्चाबन्दीका बारेमा धारणा राख्दै सम्बोधन गरेका थिए । बैठकमा पार्टीका प्रमुख संरक्षक रेशम चौधरी जेलमा हुँदा बनेका केन्द्रीय सदस्यहरू, प्रथम महाधिवेशनबाट निर्वाचित केन्द्रीय सदस्यहरू, संस्थापक केन्द्रीय सदस्यहरुको उपस्थिति रहेको छ ।

    साथै, पार्टीबाट निर्वाचित सङ्घ र प्रदेशका उम्मेदवार पालिकाका प्रमुख र उप प्रमुखहरू, जसलाई पछि केन्द्रीय समिति सदस्य बनाइएको थियो, उनीहरूपनि केन्द्रीय समिति बैठकमा बस्नेछन् । आज केन्द्रीय सदस्यहरूले धारणा राखिसके पछि जवाफ दिएर बैठक आजै सकाउने तयारी रहेको छ ।

    उन्मुक्तिको पहिलो महाधिवेशन गत वर्ष पुस २६–२८गतेसम्म कैलालीको टिकापुरमा सम्पन्न भएको थियो । पहिलो महाधिवेशनले रेशम चौधरीको अध्यक्षतामा केन्द्रीय समिति गठन गरेपनि अदालतको आदेशका कारण उनी पदमुक्त हुनु परेको थियो ।

    images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij