बुधबार, असार ४ गते २०८२ Jun 18 2025 Wednesday
images
images

पूर्वराजा ज्ञानेन्द्रको सन्देश, ‘देशमा शान्ति चाहिएको छ’


  • 136
    SHARES
  • https://indrenipost.com/posts/8435
    चैत ९, २०८१ शनिबार
    पूर्वराजा ज्ञानेन्द्रको सन्देश, ‘देशमा शान्ति चाहिएको छ’

    काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाहले अहिले देशमा शान्ति चाहिएको बताएका छन् । गोरखा दरबारस्थित गोरखकाली मन्दिरमा पूजा अर्चनापछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले कसैले कसैको पनि कुभलो चिताउन नहुने बताए ।

    उनले भने, ‘अहिले देशमा शान्ति चाहिएको छ । कसैले कसैको पनि कुभलो नचिताओस् । भलो चिताओस् । केही खराब नचिताओस् भन्ने मेरो कामना छ । कोही पनि केही गर्न डराउन पर्दैन । देशको शान्ति कायमै होस्, देशमा विकास होस् । सबैलाई सुख र समृद्धि होस् भन्ने मेरो कामना छ ।’ धेरै वर्षपछि आफ्नो जन्मथलो गोरखा आउँदा खुसी लागेको उनको भनाइ छ ।

    पूर्वराजा शाह पछिल्लो समय विभिन्न धार्मिकस्थलहरूको भ्रमणमा सक्रिय देखिएका छन् ।

    images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij